भिमादको पाँचौ मेयर कप : अन्तरपालिका पुरुष तथा क्लव स्तरीय महिला भलिबल प्रतियोगिता

भञ्ज्याङ न्यूज

तनहुँको भिमाद नगरपालिकाले पाँचौ मेयर कप पुरुष तथा महिला भलिबलि प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको संयोजनमा नेपालको राष्ट्रिय खेल भलिबलको विकास तथा नयाँ प्रतिभावन खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागेको हो ।

नगरपालिकाले बिगतका वर्षहरु जस्तै यस वष ‘पाँचौ भिमाद मेयर कप अन्तरपालिका स्तरीय पुरुष भलिबल तथा क्लव स्तरी खुल्ला महिला भलिवल प्रतियोगिता-२०७८’ आयोजना गरेको नगरप्रमुख मेखबहादुर थापाले जानकारी गराए ।

नगरपालिकाले आयोजना गरेको पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि फागुन २२ देखि २७ गतेसम्म टिमदर्ताको मिति तोकेको छ । चैत्र १ गतेबाट भिमाद रंगशालामा प्रतियोगिता सञ्चालन गरिने खेल संयोजक प्रेम बहादुर थापाले बताए ।

पुरुष तर्फको प्रतियोगितामा प्रथमलाई नगद एक लाख रुपैयाँ, द्धितीयलाई नगद ७५ हजार रुपैयाँ र तृतीय हुने प्रतियोगीलाई नगद ५० हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने खेल संयोजक थापाले जानकारी गराए ।

यस्तै, महिला तर्फहुने क्लवस्तरीय खुल्ला भलिबल प्रतियोगितामा प्रथमलाई नगद ७५ हजार रुपैयाँ, द्धितीयलाई ५० हजार रुपैयाँ र तृतीयलाई नगद ३० हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker