छ महिनाभित्र सबै प्रदेशवासीलाई खोप : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताउनुभएको छ। तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको उल्लेख गर्नुभयो ।

छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिवद्धता पूरा हुने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । प्रदेशका एक तिहाइ जनताले खोप पाइसकेको बताउँदै उहाँले भन्नुभयो, “मनाङ र मुस्ताङ पूर्णखोपयुक्त जिल्ला भइसकेका छन्, खोप अभाव हुँदैन । त्यसका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको छ ।”

मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काम अर्काे वर्ष गरेपनि हुने भन्दै चालु वर्षको बजेटमा कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । “बाटो अर्को वर्ष बनाउँला, पुल पनि अर्को वर्ष निर्माण गरौंला, जनताको ज्यानभन्दा ठूलो कुरा अरु हुँदैन,” उहाँले भन्नुभयो, “पहिलो प्राथमिकता जनताको जीवनरक्षा गर्नु हो ।”

कोरोनाको तेस्रो लहरको खतरा बढेकाले त्यसको पूर्वतयारीमा सरकार लागिसकेको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले गत असारमा आएको बाढीपहिराबाट क्षति भएको संरचना पुनःस्थापनाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । तीनवटै तहका सरकारको समन्वयमा पुनःस्थापनाका काम गरिने उहाँको भनाइ थियो । गण्डकी प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल एक ठाउँ उभिनुपर्नेमा उहाँले जोड दिनुभयो । “प्रदेशको समृद्धि र विकासका लागि हामी एक छौँ, प्रदेशवासीको जीवनस्तर उकास्न सरकार लागिपरेको छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, संविधानसभा सदस्य झुलबहादुर आले, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker