तीजलाई भड्किलो नबनाउन तनहुँ प्रशासनको आग्रह

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रशासन कार्यालय तनहुँले महिलाहरुको चाड तीजलाई तडकभडक नगरी मनाउन आग्रह गरेको छ । आइतबार सूचना जारी गरी कार्यालयले तीजलाई तडकभडक नगरी मनाउन आग्रह गरेको हो ।

विगतको तुलनामा हालैका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडक भडक सहितका खर्चिला कार्यक्रमहरु हुँदै आएकाले तडकभडक नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताए ।

कार्यालयको सूचनामा भनिएको छ ‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावलीले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमित गरेको छ तसर्थ, आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला कार्यक्रम सञ्चालन नगर्न/नगराउनु हुन सम्पुर्ण जिल्लावासीहरुमा हार्दिक अनुरोध छ ।’

पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च- नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु हामी सबैको कर्तव्य भएकोले यस कार्यमा जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु, सञ्चारकर्मीहरु, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको प्रजिअ रिजालले बताए । कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रमहरुको आयोजना गरे/गराएमा त्यस्ता गतिविधिहरुको निग्रानी गरी कानून बमोजिम कारवाही हुने कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker