देवघाटधामको पहिचान र संस्कृति समेटिएको स्थानीय पाठ्यक्रममा

देवघाट : तनहुँको देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ । पालिकाको पहिचान, संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले गाउँपालिकाले आधारभूत तह (कक्षा १–५ र ६–८) का लागि ‘हाम्रो देवघाट’ नामक पाठ्यक्रम चालु शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको जनाएको छ ।

उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका ३५ वटै सामुदायिक विद्यालयमा अध्यापन गराइनेछ । पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व, स्थानीय पर्यटकीय स्थल, जनजीवन, वनस्पति तथा यहाँका जातजातिका संस्कारलाई प्राथमिकताका साथ समेटिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाका प्रवक्ता एवं वडा ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले शिक्षालाई जीवनोपयोगी बनाउन र देवघाटको समग्र चिनारीलाई शैक्षिक माध्यमबाट प्रवर्द्धन गर्न पाठ्यक्रमले महत्व राख्ने बताए । उनले भने, ‘स्थानीय आवश्यकता र विशेषतालाई समेटेर पाठ्यक्रम तयार गरिएको छ । जसले विद्यार्थीलाई अपनत्व बनाउन प्रेरित गर्नेछ ।’

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker