शुक्लागण्डकीमा सञ्चालित कृषि कार्यक्रमहरूको संयुक्त अनुगमन

दुलेगौंडा : कृषि विकास कार्यालय तनहुँको संयोजकत्वमा शुक्लागण्डकी नगरपालिकामा सञ्चालित विभिन्न कृषि कार्यक्रमहरूको संयुक्त स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, अनुसन्धान निर्देशक मनोज ढकाल लगायत कृषि विकास कार्यालयका अधिकृत लगायतको टोलीले संयुक्त अनुगमन गरेको थियो ।
टोलीले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन भएका कृषि उद्यम विकास कार्यक्रम, रैथाने बाली प्रवर्द्धन कार्यक्रम तथा तरकारी बाली उत्पादन प्रवर्द्धन कार्यक्रमहरूको प्रभावकारिता, प्रगति तथा उपलब्धिबारे स्थलगत निरीक्षण गरिएको कार्यालयका सूचना अधिकारी किरन परियारले जानकारी गराए ।
यसैक्रममा विगतमा मौरी पकेट तथा ब्लक कार्यक्रम सञ्चालन भएको दगाम क्षेत्रको समेत अवलोकन गरिएको थियो । उक्त क्षेत्रबाट उत्पादन हुँदै आएको ‘महरानी’ ब्रान्डको मह अन्तर्राष्ट्रिय बजारमा समेत परिचित बन्दै गएको बताइएको छ ।
अनुगमनका क्रममा कृषि कार्यक्रममार्फत स्थानीय कृषकको आयआर्जन वृद्धि, उत्पादन विस्तार तथा व्यावसायिक कृषिमा सकारात्मक प्रभाव परेको सरोकारवालाहरूले बताएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker