गण्डकीमा एमाले नेपाल समूहको समानन्तर कमिटी, तनहुँमा इन्चार्ज पिएल, अध्यक्ष शंकरनारायण र सचिव श्रीराम

भञ्ज्याङ न्यूज

नेकपा एमालेको माधवकुमार नेपाल समूहले गण्डकी प्रदेश कमिटीको सचिवालय कमिटी बनाउनुका साथै १० जिल्लाको अध्यक्ष, सचिव र इन्चार्ज तोकेको छ । प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार लेकसाइड, पोखरामा भएको भेलाले २२ सदस्यीय प्रदेश सचिवालय कमिटी बनाएको छ ।

कास्कीमा इन्चार्जको जिम्मेवारी धनराज आचार्यलाइ दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी सीता गिरी ओलीलाई दिइएको छ । जिल्ला अगुवा कार्यकर्ताको विहीबार आयोजित भेलामा नेता माधवकुमार नेपालले आचार्य अध्यक्ष र होम नेपाली सचिव रहेको ७५ सदस्यीय कास्की जिल्ला कमिटी घोषणा गरेका छन्।

नेपाल समूहले तनहुँमा प्रतापलाल श्रेष्ठ इन्चार्ज, शंकनारायण क्षेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव तोकिएको छ । स्याङ्जामा चुणामणि जंगलीलाई इन्चार्ज, रामचन्द्र भट्टराइलाई अध्यक्ष र भुपराज अधिकारीलाई सचिव तोकेको छ । म्याग्दीमा श्रीमाया थकालीलाई इन्चार्ज र बालकृष्ण सुवेदीलाई अध्यक्ष तोकिएको छ भने सचिवको टुंगो जिल्ला भेलाले लगाउने निर्णय गरिएको छ ।

बागलुङमा इन्द्रलाल सापकोटालाई अध्यक्ष र लालबहादुर थापालाई सचिवको जिम्मेवारी दिइएको छ भने केन्द्रीय प्रतिनिधि पनि सापकोटालाई नै तोकिएको छ । सापकोटा गण्डकी प्रदेश सभाका सांसद पनि हुन् र सर्वोच्चको २३ फागुनको फैसलाले एमाले जुनर्जिवित भएको भोलिपल्ट सापकोटाकै नेतृत्वमा बालुङमा एमाले कार्यालय स्थापना गरिएको थियो ।

पर्वतमा मोती पौडेललाई इन्चार्ज, भक्त कुँवरलाई अध्यक्ष र पदमपाणि शर्मालाई सचिवको जिम्मेवारी दिइएको छ । गोरखामा इन्चार्जको जिम्मेवारी चुणामणि जंगलीलाई दिइएको छ । यादव बस्नेत अध्यक्ष, सानुमाया बस्नेत सचिव तोकिएका छन् ।

नवलपुर इन्चार्जमा कृष्ण पौडेल र अध्यक्ष धनञ्जय शर्मा छन् भने सचिवको चयन जिल्ला भेलाले गर्ने छ । लमजुङमा रामबाबु अधिकारी अध्यक्ष, हिरा विक सचिव र तनहुँका नेता प्रतापलाल श्रेष्ठले इन्चार्जको जिम्मेवारी पाएका छन् । मनाङमा प्रदेश सचिवालय सदस्य चित्र थापालाई भेला बोलाउने र संगठन बनाउने जिम्मा दिइएको छ भने मुस्ताङमा तय भइसकेको छैन ।

भेलाले जनसंगठन इन्चार्ज नवलपुरका रवीन्द्र अधिकारी र सोभियत ढकाललाई जिम्मेवारी दिएको छ । भेलाले चैत मसान्तसम्म सबै जिल्ला तथा प्रदेश कमिटीको घोषणा गरिसक्ने निर्णय गरेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker