प्याराग्लाइडिङले बन्दीपुरमा पर्यटक बढे

भञ्ज्याङन्यूज

साहसिक खेल प्याराग्लाइडिङले बन्दीपुरमा आन्तरिक एवं बाहृय पर्यटकको चहलपहल बढाएको छ । बन्दीपुरको भञ्ज्याङ चौताराबाट सिमलटारसम्मगरिने प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको हो । समुद्र सतहबाट एक हजार दुइ सय मिटर उचाइमा रहेको भञ्ज्याङ चौताराबाट उडान सुरु भई करिब १०० मिटरसम्मको उचाइमा मुकुन्देश्वरी डाँडा छेउ हुँदै मनोरञ्जन लिन सकिनेछ ।

उडानका क्रममा बन्दीपुरको ‘एरियल भ्यु’का साथै मर्स्याङ्दी उपत्यका धौलागिरिदेखि लाङ्टाङसम्मको एकैसाथ दृश्यावलोकन गर्न सकिन्छ ।

विगत पाँच वर्षदेखि यो प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । ब्लुस्काइ कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गरी मनोरञ्जन प्रदान गर्दै आएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । प्याराग्लाइडिङका लागि फागुन, चैत र वैशाख महिना उत्तम मौसम मानिने भएकाले पर्यटकको चहलपहल बढ्न थालेको हो। उक्त स्थानबाट ३०/४० जनासम्म उड्नसक्ने क्षमताको रहेको छ ।

उड्नुअघि गाउँपालिकाबाट अनुमति लिनुका साथै प्रतिव्यक्ति रु एक हजार राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको उनले बताए । नेवारी तथा आदिवासी जनजातिका संस्कृतिसँगै प्राकृतिक छटाले भरिपूर्ण बन्दीपुरमा सयौँ वर्ष पुरानो बजार, मठ, मन्दिर, गुफा, आँखै अगाडि देखिने हिमालको मनोरम दृश्य तथा साहसिक गन्तव्यले पर्यटकको मन लोभ्याउने गर्दछ ।

प्रि-बुकिङमार्फ १५ देखि ३० मिनेटको उडान र त्यसभन्दा माथि ४५ मिनेटदेखि करिब एक घण्टासम्मको उडान चरा झैँ उडेर गर्न प्याराग्लाइडिङ पाइलट समय प्रधानले बताए ।

बन्दीपुरमा स्थायी घर भएका प्रधानले समय र मौसम अनुकूल प्याराग्लाइडिङको मज्जा लिन सकिने बताए । हाल पोखरामा प्याराग्लाइडिङ सेवामा कार्यरत रहेका प्रधान निकट भविष्यमा बन्दीपुरमै प्याराग्लाइडिङको सेवा विस्तार गर्न आफू लागिपरेको उनले बताए ।

केही दिनअघि प्याराग्लाइडिङको अनुभव लिनुभएका बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले बन्दीपुरलाई साहसिक गन्तव्यस्थल बनाउन पर्याप्त सम्भावना रहेको बताए । गाउँपालिकाले मात्रै बजेट व्यवस्थापन गरेर नपुग्ने भएकाले पर्यटन प्रवर्द्धनका लागि प्रदेश तथा संघीय सरकारमा बजेट व्यवस्थापनका लागि आग्रह गरिएको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker