बन्दीपुरमा डढेलो नियन्त्रण सम्बन्धी सचेतना

तनहुँको बन्दीपुरमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । बन्दीपुर गाउँपालिकाले सोमबार बन्दीपुरको पौवामा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको हो।

वडा नं. २ का वडा अध्यक्ष तिलकबहादुर कुँबरको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले डढेलो लाग्न सक्ने अवस्था, डढेलोले पुर्‍याउने क्षति र थानीमाई क्षेत्रलाई आगामी दिनमा हरियाली बनाउने योजना लगायतका विषयमा चर्चा गरेका थिए । उनले गाउँबस्तीका टोल-टोलमा सचेतना कार्यक्रमहरु गरी बढ्दो डढेलो लगाउने कार्यलाई निरुत्साहित गरिने बताए ।

कार्यक्रममा भानु-१ भन्सार हात्तीचौरस्थित नेपाली सेनाको रुरु भैरब दल गणका गणपति प्रमुख सेनानी हिमाचल जङ शाहले “हरियो वन नेपालको धन” भन्ने भनाइलाई सबैले आत्मसाथ गर्न पर्ने भन्दै वन्यजन्तु र रुख विरुवालाई मानिस जस्तै माया गर्नुपर्ने बताए । उनले डढेलो लाग्न सक्ने समयमा सबै सचेत बन्नु पर्नेमा जोड दिए ।

इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल पोख्रेलले डढेलो लाग्ने समयमा अपनाउनु पर्ने सावधानी र डढेलो लगाउनेलाई हुने कानुनी ब्यवस्थाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा स्थानीय सनद कुमार श्रेष्ठले अहिलेको हिउँदमा डढेलोका कारण थानीमाई क्षेत्रमा करिब ८ सय विरुवा मरेको भन्दै दुखेसो ब्यक्त गरे । वन क्षेत्रलाई जोगाई राख्न सबैको सहकार्यको खाँचो रहेको स्थानीयले बताएका छन् ।

कार्यक्रममा डढेलो लाग्न सक्ने अवस्था, नियन्त्रणका उपाय लगायतका विषयमा नेपाली सेनाको रुरु भैरब दल गणका जवानहरुले विभिन्न उपकरण सहित प्रदर्शन गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker