चौथौं नेपाल युवा विज्ञान सम्मेलन पुस ३ गतेबाट 

ब्रेनिक्युब रिसर्च अर्गनाइजेशनले सनवे इन्टरनेशनल बिजनेस स्कुलको सहकार्यमा चौथौं नेपाल युवा विज्ञान सम्मेलन २०२१ आयोजना गर्ने भएको छ । ‘ब्रिङ बेस्ट ब्रेन’ मुख्य थिम सहितको यो सम्मेलन पुस ३ र ४ गते सञ्चालन हुनेछ । दुई दिने यो सम्मेलनमा २२ वर्ष भन्दा मुनिका विद्यार्थीहरूले सहभागी हुन पाउनेछन् ।
कार्यक्रमको पहिलो दिन अमिर खान अभिनित चलचित्र थ्री इडिएट्सका फुङ्सुक वाङ्डु चरीत्रका रुपमा परिचीत भारत लद्दाखका बैज्ञानिक सोनाम वाङचुकको समेत ‘भर्चुअल’ सहभागीता रहने बताइएको छ ।
सम्मेलनमा विभिन्न क्याटगोरीमा युवा वैज्ञानिकहरूलाई अवार्ड पनि प्रदान गरिनेछ । इन्टर्नेशनल रिप्रिजेन्टेशन अवार्ड, पोटेन्शियल साइन्टिस्ट अवार्ड लगायत सहभागी छात्राहरू मध्ये एकलाई आफ्नो थेसिसको प्रोजेक्ट पुरा गर्न ‘वुमेन रिसर्च ग्रान्ट’ प्रदान गरिने आयोजकले बताएको छ । सम्मेलनमा सहभागीहरू मध्ये केही विद्यार्थी इन्टरनेशनल साइन्स फेयर एण्ड कम्पिटिसनको लागि छनौट गरिनेछ ।
सम्मेलनमा विभिन्न विषयमा पोस्टर प्रस्तुति, किनोट लेक्चर लगायत छलफलहरू हुनेछ । सम्मेलनले कृषि, वन, पशुपन्क्षी, मत्स्य क्षेत्रसँगै अन्तरिक्ष, बायोलोजिकल साइन्स, केमिकल साइन्स, कम्प्युटर एण्ड इन्फरमेसन टेक्नोलोजी, भौगोलिक विज्ञान, सामाजिक विज्ञान अनुसन्धान, इन्जिनियरिङ, वातावरणिय विज्ञान, सार्वजनिक स्वास्थ्य, आईओटी, रोबोटिक्स, मटेरियल साइन्स, म्याथम्याटिक, फर्माटिकल साइन्स, फोरेन्सिक लगायतका विषयहरू  समेट्ने छ ।
कार्यक्रममा सहभागिताको लागि ०१-४४२३७३६ मा फोन गरेर वा brainycube.org@gmail.com मा मेल गरेर थप जानकारी लिइ आफ्नो नाम दर्ता गराउन सकिन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker