शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघमा श्रेष्ठ निर्वाचित

दुलेगौंडा । शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघकाे अध्यक्षमा समुन्द्रराम श्रेष्ठ विजयी भएका छन् । उनले कुल ३९१ म त प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी सुजित हिराचनले भने २९८ प्रतिशत मत प्राप्त गरेका थिए ।

अध्यक्षमा निर्वाचित श्रेष़्ठलाई नेपाली कांग्रेस र माओवादीको समर्थन थियो भने हिराचनलाई एमालेको समर्थन थियो ।

यसैगरी बरिष्ठ उपाध्यक्ष पदमा सुमन सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ३३५ मत प्राप्त गर्दा उनका प्रत्यासी नारायण कुमार श्रेष्ठले ३१९ मत मात्रै प्राप्त गरे ।

बाणिज्य उपाध्यक्ष तर्फ ३२३ मत सहित प्रकाश थापा विजय भएका छन् भने साेही पदका उम्मेदवार आनन्द सुन्दर श्रेष्ठले ३०२ मत प्राप्त गरेका छन् ।

यसैगरी उद्याेग तर्फकाे उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ३२७ मत प्राप्त गर्दा साेही पदका उम्मेदवार देबेन्द्रबहादुर ढुङ्गानाले ३२१ मत प्राप्त गरेका थिए ।

महासचिव पदमा सुजन श्रेष्ठ निर्वाचित भएका छन् । उनले ३६३ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी उम्मेदवार पूर्ण बहादुर कायस्थले २९० मत प्राप्त गरेका छन् ।

उपमहासचिव पदमा बिर्षना श्रेष्ठले मित्रबन्धु पाैडेललाई पराजित गर्दै निर्वाचित भएकी छिन् । श्रेष्ठले ३५४ मत हासिल गर्दा उनका प्रत्यासी पाैडेलले २९५ मत प्राप्त गरेका थिए ।

यसैगरी कोषाध्यक्ष पदमा कमल गैह्रे निर्वाचित भएका छन् । गैह्रेले ३३८ मत प्राप्त गरेका छन् । काेषाध्यक्ष पदको उम्मेदवार रजनी थापाले भने ३१२ मत मात्रै प्राप्त गरेकी छिन् ।

पदाधिकारीमघ्ये उद्योग उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष हिराचन प्यानलबाट विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष श्रेष्ठ प्यानलबाट विजयी भएका छन् ।

यसैगरी सदस्यमा अमृत घिमिरेले ४१४ मत, विधान गुरुङले ३८४ मत, गम बहादुर केसीले ३७८ मत, अर्जुन सापकोटाले ३६४ मत, पिताम्बर तिमिल्सिनाले ३५६ मत, सन्ताेष कुमार श्रेष्ठले ३४३ मत, बर्म कुमार श्रेष्ठले ३२६ मत, गिरी बहादुर थापाले ३२३ मत, देवीभक्त रानाले ३२० मत र भुपेन्द्र रिमालले ३२० मत प्राप्त गरि निर्वाचित भएका छन् ।

महिला सदस्यमा जाेसिला थापाले ३७८ मत र वसन्त कुमारी श्रेष्ठले ३०१ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker