कुम्ले खोलामा पुल

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार तीनखोले देवी मोटर मार्ग अन्तर्गत कुम्ले खोलामा निर्माणाधीन पक्की पुलको विहीबार पि.पि.सि. ढलान गरिदै । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको तीनखोले देवी मन्दिरसम्म पुग्नका लागि पक्की पुल निर्माणका साथै सडकको स्तरोन्नतीका कार्यलाई पनि नगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ ।
तस्विर : भञ्ज्याङ