हत्या भएको १६ दिनसम्म पनि शव बुझ्न आफन्त सम्पर्कमा आएनन्

दमौली । हत्या भएको १६ दिनसम्म पनि शव बुझ्न आफन्छ सम्पर्कमा नआउँदा अस्पतालको शवगृहमा शव थन्किएर बसेको छ ।

तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा गत कात्तिक १७ गते हत्या गरिएका ४८ वर्षीय दिलीप तामाङका आफन्त १६ दिन बित्दा समेत सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृतक तामाङको हालसम्म पनि वास्तविक नामथर वतन नखुलेको तथा आफन्त सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले बताए ।

‘मृतक तामाङको शव दमौली अस्पतालको शवगृहमा राखिएको छ’, उनले भने, ‘निज मृतकको घरपरिवार आफन्तबाट मृतकको सनाखत पहिचान गरी कानून बमोजिम जिम्मा लगाउनुपर्ने हुन्छ । तर मृतकका आफन्त अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।’

मृतकको घर नुवकोट भन्नेसम्म खुलेपनि आफन्तको पहिचान र सम्पर्क हुन नसक्दा समस्या भएको थापाको भनाइ छ । गहुगोरो वर्ण, ठिक्कको शरीर, प्याजी रङको टिसर्ट, सेतो पाइन्ट लगाएका मृतक तामाङलाई चिन्नेहरुले प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको उनले उल्लेख गरे ।

उनले भने, ‘मृतक तामाङको घर नुवाकोट माथि लेकमा भन्ने मात्रै खुलेको छ । विस्तृत खुल्न नसक्दा शव जिम्मा लगाउन सकिएको छैन ।’

व्यास नगरपालिकाको निर्माणाधीन पराशर मार्गमा मजदुरी काम गर्ने नुवाकोट घर भएका तामाङको कात्तिक १७ गते राति ८ बजे चक्कु प्रहारबाट हत्या भएको थियो । हत्यामा संलग्न ३८ वर्षीय विशाल भन्ने प्रेमबहादुर थापा मगरलाई प्रहरीले सोही राति पक्राउ गरिसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker