२०औं सशस्त्र प्रहरी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

- भञ्ज्याङ समाचारदाता (डुम्रे)
२०औं सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २३ गण हे.क्वा. मनकामना तनहुँले दिवसको अवसरमा विहीबार प्रभातफेरी लगायतका कार्यक्रम गरेको छ । दिवसका अवसरमा डुम्रे बजारबाट विभिन्न प्लेकार्ड सहित सशस्त्र प्रहरी बलको एक टुकडीले बजार परिक्रमा गरी भानुको मनकामना गण पुगेर समापन गरिएको गणपति संजय भट्टराइले बताए ।
प्रभातफेरी कार्यक्रमा कोभिड-१९ सम्बन्धी सचेतना मुलक शंदेश समेत सञ्चालन गरिएको थियो। माक्स नलगाई हिंड्नेलाई माक्स वितरण गर्नुका साथै सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न समेत सर्वसाधारणलाई आग्रह गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. २३ गण हे.क्वा. मनकामना तनहुँले सुरक्षासँग सम्बन्धी कार्यका साथै सामाजिक कार्य पनि गर्दै आईरहेको छ ।










