जिससको निर्देशनलाई अटेर गर्दै उद्योग सञ्चालन

तनहुँ

जिल्ला समन्वय समितिले जिल्लाको बन्दिपुर गाउँपालिका-६ सराङघाटस्थित नमूना ग्रिड एन्ड क्रसर उद्योग बन्द गर्न निर्देशन दिए पनि अटेर गर्दै सञ्चालन गरिएको छ । उक्त उद्योगले गण्डकी प्रदेशले जारी गरेको कार्यविधिको व्यवस्थाअनुसार वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नलिई उद्योग सञ्चालन गरेकाले उद्योग बन्द गर्न निर्देशन दिएको हो । समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा गत शुक्रबार बसेको बैठकले संम्बन्धित पालिकालाई बन्द गर्न निर्देशन दिएको पाँच दिन बितिसक्दा पनि अटेर गरी उद्योग सञ्चालन गर्दै आएको हो । बन्दीपुर गाउँपालिकाबाट उद्योगसम्बन्धी विवरण माग गरिए पनि त्यसमा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको पत्र प्राप्त नभएकाले जिससले सर्त पूरा नहुँदा सम्मका लागि उद्योग सञ्चालनमा रोक लगाउनका लागि बन्दीपुर गाउँपालिकालाई पत्र लेखी पठाएको हो ।

वातावरणीय वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, सम्बन्धित निकायमा दर्ता नभएकाले बन्द गर्न निर्देशन दिइएको समितिका प्रमुख वाग्लेले बताउनुभयो । त्यसैगरी उक्त समितिले व्यास नगरपालिकाको क्षेत्रभित्रका मादी नदीका विभिन्न ठाउँबाट ठेक्कापट्टा नहुँदै ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, सङ्कलन तथा ओसारपसार कार्य तीव्र रूपमा भएको भन्दै उत्खननका लागि बन्द गर्न निर्देशन दिएको छ ।

तनहुँमा सञ्चालित अधिकांश क्रसर उद्योग दर्ताविना नै सञ्चालन हुँदै आए पनि सम्बन्धित निकायको खासै ध्यान पुग्न सकेको छैन । अवैधानिक रूपमा सञ्चालन हुँदै आएका यस्ता उद्योगहरूको सम्बन्धित निकायहरूले अनुगमन गरी मापदण्ड विपरीत सञ्चालन हुँदै आएका छन् । उक्त उद्योगले वातावरणीय परीक्षणका लागि असोज २ गतेसम्म गाउँपालिकासँग समय माग गरे पनि बन्दाबन्दीका कारण काम सम्पन्न गर्न नसकेकाले ढिलाइ भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

“सञ्चालन हुँदै आएको उद्योग बन्द गर्र्छौं”, उहाँले भन्नुभयो, “पालिकाको बैठक बसेपछि निर्णय गरी उद्योग बन्द गर्ने योजना गरेका छौ ।” उक्त उद्योगले मापदण्ड अनुरुप काम गरेको/नगरेको अनुगमन समितिले अनुगमन गरी आवश्यक कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker