शुक्लागण्डकीमा अव्यवस्थित फुटपाथ तथा घुम्ति व्यवसायलाई प्रतिवन्ध

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रभित्र अव्यवस्थित फुटपाथ तथा घुम्ति व्यवसाय सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । शुक्लागण्डकी नगरपालिका र शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघको संयुक्त पहलमा अव्यवस्थित घुम्ति व्यवसाय सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।
अव्यवस्थित फुटपाथ तथा घुम्ति व्यवसायीको कारणले सटर भाडा र कर तिरेर बसेका व्यवसायीहरु प्रत्यक्ष मारमा परेको भन्दै नगरभित्र उक्त किसिमका व्यवसाय सञ्चालनमा निषेध गरिएको शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन सापकोटाले बताए । उनका अनुसार नगरभित्रका स्थानीय कृषि उत्पादन बाहेक अन्य व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।
पहिलो चरणमा सम्पूर्णलाई सचेत गराउँदै सूचना टाँसिएको र सूचना पछि पनि बेवास्था गरेर व्यवसाय सञ्चालन गरे सामान नै जफत गर्ने बरिष्ठ उपाध्यक्ष सापकोटाको भनाइ छ ।
व्यवस्थित रुपमा भाडा र कर तिरेर बसेका व्यवसायीको संरक्षणका निम्ति यो पहलिकदमा चालिएको शुकलागण्डकी नगर उद्योग बाणिज्य संघ वडा व्यवस्थापन समिति ४ का अध्यक्ष बालकृष्ण विकले बताए ।
उनका अनुसार नगरपालिका र संघको निर्णय अनुसार नै आफूहरुले आफ्नो क्षेत्रभित्र सूचना टाँस गरेको बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker