तनहुँमा सुन्तला बगैंचा सुधार र विस्तार गर्न ५४ लाख रुपैयाँ विनियोजन

तनहुँ : उत्पादन घट्दै गएका पुराना बगैँचाको पुनःव्यवस्थापन र नयाँ क्षेत्रमा खेती विस्तार गरी तनहुँमा सुन्तला उत्पादन बढाइने भएको छ । कृषि विकास कार्यालय तनहुँले सुन्तला खेतीलाई व्यावसायिक बनाउँदै किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले बगैँचा सुदृढीकरण तथा क्षेत्र विस्तारका लागि ५४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
कार्यालयले पुराना बोटको काँटछाँट, बगैँचाको सरसफाइ, मलखाद व्यवस्थापन तथा रोग र किरा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । उत्पादन क्षमता घटेका बगैँचालाई सुधार गर्नुका साथै सुन्तला खेतीका लागि उपयुक्त नयाँ क्षेत्रमा बिरुवा रोपेर खेती विस्तार गरिने कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले बताए ।
उनका अनुसार सुन्तलाका बोटको उचित स्याहार र रोग तथा किराको समयमै नियन्त्रण हुन नसक्दा उत्पादनमा गिरावट आउने भएकाले बगैँचा व्यवस्थापनलाई प्राथमिकता दिइएको हो । कार्यक्रमअन्तर्गत किसानलाई आवश्यक प्राविधिक सेवा र खेती व्यवस्थापनसम्बन्धी परामर्शसमेत उपलब्ध गराइनेछ ।
तनहुँमा हाल एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८२/८३ मा फलफूल बगैँचा व्यवस्थापन तथा क्षेत्र विस्तारका लागि ३७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो। कार्यालयका अनुसार गत आर्थिक वर्ष जिल्लामा ११ हजार ८२२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
उत्पादित सुन्तला बिक्रीबाट किसानले ४२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेका थिए। उत्पादन क्षेत्र विस्तारसँगै पुराना बगैँचाको उत्पादकत्व सुधार गर्न सके जिल्लाको सुन्तला खेतीबाट हुने आम्दानी थप बढ्ने अपेक्षा गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker