यमाहाको रे जेटआर माइलेज प्रतियोगिता, सरिता प्रथम

दुलेगौंडा : यामाहा रे जेटआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिता शनिवार तनहुँको दुलेगौंडामा सम्पन्न भएको छ । शुक्लागण्डकी–४ दुलेगौंडा स्थित सुन्दर अटो वर्क्स यमाहा सो रुमको संयोजनमा प्रतियोगिता गरिएको हो ।
दुलेगौंडाबाट शुरु भई गाछेपानी बेलचौतारा, खैरेनीटार, भिमाद र ऋषिङ्गपाटन हुँदै ३२ किलो मिटर दूरीलाई निश्चित गरेर प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा २५ जना रे जेट आर स्कुटर प्रयोगकर्ता महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा सरिता थापा प्रथम, सुदिप वाग्ले द्धितीय र विरेन्द्र भण्डारी तृतीय हुन सफल भए ।
स्कुट चलाउने तरिकाको आधारमा माइलेज निर्धारण गरिएको कम्पनीले जनाएको छ । प्रतियोगितामा प्रथम भएकी थापाले चलाएको स्कुटरले एक लिटर पेट्रोल खपत हुँदा ८५.८९ किलो मिटर माइलेज दिएको सुन्दर अटो वर्क्स यमाहा सो रुमका सञ्चालक आनन्द सुन्दर श्रेष्ठले बताए ।
यसैगरी द्धितीय वाग्लेको ८४.१ र तृतीय भएका भाण्डारीको स्कुटरले ७८.६ किलोमिटर माइलेज दिएको थियो । कम दूरीमा प्रतियोगिता आयोजना गरिएकोले प्राविधिकहरूले ट्याङ्कीमा स्केल राखेर माइलेज मापन गरेका थिए। प्रथम भएकी थापाले पहिलो पटक प्रतियोगितामा भाग लिन पाएकोमा खुसी व्यक्त गर्दै नियमित सर्भिसिङ र स्कुटरको गतिलाई ख्याल गर्दा धेरै माइलेज दिएको अनुभव सुनाईन् ।
यस क्षेत्रकालागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता सुन्दर अटो वक्र्स यमाहा सो रुमले आफ्नो ग्राहकहरूको स्कुटरको माइलेज अवस्था र स्कुटर प्रयोगकर्ताहरूको प्रतिकृया बुझ्ने उद्देश्यले माइलेज च्यालेन्जिङ प्रतियोगिताको संयोजन गरेको एरिया सेल्स मेनेजर सुबास मैनालीले बताए ।
बिजेताहरूलाई एरिया सेल्स मेनेजर मैनाली, एरिया सर्भिस इन्जिनियर प्रेम दाहाल, दुलेगौंडा सो रुमका सञ्चालक आनन्द सुन्दर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा यमाहासँग सम्बन्धित क्विज प्रतियोगिता र खेल खेलाइएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker