घरेलु कार्यालय तनहुँद्वारा १६२ फर्म खारेज

भञ्ज्याङ न्यूज

घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा १६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् । सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फर्म खारेजी गरेको कार्यालयका कम्प्युटर अप्रेटर रवि अधिकारीले बताए ।

कार्यालयका अनुसार गत साउनमा १२, भदौमा १६, असोजमा १७, कात्तिकमा १३, मंसिरमा ११, पुसमा १७, माघमा १२, फागुनमा १०, चैतमा सात, वैशाखमा दुइ, जेठमा १७ र असारमा २८ र्फम खारेजीमा परेका छन् ।

सोही अवधिमा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका छन् । उक्त अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फएक, पर्यटनतर्फ एक, सेवातर्फ१०३ र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालयले जनाएको छ । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फआकर्षित भएका छन् । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फआकर्षण बढ्दो छ ।

तनहुँमा थपिएका उद्योगको कूल पुँजी रु ६३ करोड ५२ लाख पाँच सय ४२ हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वाषिर्क उत्पादन क्षमता रु एक अर्ब ७१ करोड ८७ लाख ५० हजार रहेको छ ।

थपिएका उद्योगमा एक हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये पाँच सय ३४ महिला र पाँच सय एक पुरुष छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ताबापत रु २४ लाख तीन हजार चार सय राजस्व सङ्कलन भएको छ ।

सोही अवधिमा तीन सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी/नाम परिवर्तन गरेका छन् । चार उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् ।

त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ । गत आव २०७७/७८ मा जिल्लामा दुइ हजार एक उद्योग दर्ता भएका थिए । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा रु दुइ अर्ब ७० करोड ९० लाख लगानी भएको थियो ।

त्यस्तै आव २०७६/७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको थियो ।

रु एक लाखसम्म पुँजी भएको उद्योगले रु एक हजार एक सय, तीन लाखसम्म पुँजी भएको उद्योगले रु तीन हजार एक सय, रु पाँच लाखसम्म पुँजी भएको उद्येागले रु छ हजार एक सय, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार एक सय, रु एक करोडसम्म पुँजी भएको उद्योगले रु २० हजार एक सय, रु पाँच करोडसम्म पुँजी भएको उद्योगले रु ३० हजार एक सय र रु पाँच करोड भन्दामाथि पुँजी भएको उद्योगले रु ५० हजार एक सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker