आधुनिक मौरीपालन सम्बन्धी तालिम

कृषि विकास कार्यालय तनहुँले भिमाद नगरपालिका–०७ मसरडाँडामा सञ्चालन गरेको आधुनिक मौरीपालन सम्बन्धी तालिमका सहभागिहरु । उक्त तालिममा स्थानीय कृषकहरूलाई मौरीपालनका आधुनिक प्रविधि, घार व्यवस्थापन, उत्पादन वृद्धि, रोग तथा कीरा नियन्त्रण, मौरीको संरक्षण, मह उत्पादनको गुणस्तर कायम गर्ने उपाय तथा बजारीकरण सम्बन्धी व्यवहारिक एवं सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो ।
तालिमका प्रशिक्षकहरूले मौरीपालनलाई कम लगानीमा राम्रो आम्दानी लिन सकिने व्यवसायका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोगले उत्पादन तथा उत्पादकत्व वृद्धि हुने विषयमा सहजिकरण तथा कृषकहरूलाई व्यवसायिक मौरीपालनमार्फत आत्मनिर्भर बन्न प्रेरित गराएका थिए ।
स्थानीय कृषकहरूको उत्साहजनक सहभागिता रहेको तालिमले मौरीपालन व्यवसायप्रति आकर्षण बढाउनुका साथै कृषि आयआर्जन र ग्रामीण आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास लिइएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ । तस्विर : भञ्ज्याङ










