विद्यालय स्वास्थ्य तथा पोषणा कार्यक्रम

तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित अरुण माध्यमिक विद्यालयमा अध्ययनरत १०–१९ वर्ष उमेर समूहका किशोरीहरुलाई आइरन–फोलिक एसिड चक्की वितरण गर्दै स्वास्थ्यकर्मी । किशोरीहरूमा देखिने प्रमुख जनस्वास्थ्य समस्या रक्तअल्पता रोकथाम गर्ने उद्देश्यले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत धरमपानी स्वास्थ्य चौकीले विद्यालयका २१ जना किशोरीहरूलाई हरेक हप्ता एक/एक वटा आइरन–फोलिक एसिड चक्की वितरण गरेको छ । स्वास्थ्यकर्मीहरूले नियमित रूपमा आइरन–फोलिक एसिड सेवन गर्न, सन्तुलित तथा पोषणयुक्त आहार खान र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन समेत आग्रह गरेका छन् । तस्विर : भञ्ज्याङ










