अझै नियन्त्रणमा आएन तनहुँमा डेङ्गु

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा दैनिक डेङ्गु संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको छ । करिब दुइ महिनाअघि देखि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन ।

जिल्लामा हाल छ हजार चार सय ८४ डेङ्गु संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । डेङ्गु संक्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ ।

व्यास नगरपालिकामा मात्रै पाँच हजार चार सय १५ डेङ्गु संक्रमित रहेका छन् । व्यासको सबैभन्दा बढी व्यास-१ मा एक हजार चार सय ३०, वडा नं २ मा एक हजार तीन सय ४९, वडा नं ३ छ सय ३१, वडा नं ४ मा नौ सय ५४, वडा नं ५ मा दुइ सय ५९, वडा नं ६ मा ९२ र वडा नं ७ मा ७४ जना रहेका हुन् ।

त्यसैगरी, वडा नं ८ मा १४, वडा नं ९ मा ७५, वडा नं १० मा एक सय ८२, वडा नं ११ मा एक सय ६३, वडा नं १२ मा ७०, वडा नं १३ मा ८४ र वडा नं १४ मा ३४ जना संक्रमित रहेका छन् ।

संक्रमित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको व्यास नगर स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले बताए । उनका अनुसार ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष संक्रमित भएका छन् । कूल संक्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको तथ्यांकमा उल्लेख छ ।

जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४ र घिरिङ गाउँपालिकामा नौजना संक्रमित भएका छन् ।

वयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएकाले घर वरिपरि पानी जम्न नदिने, सुत्दा झूल प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेजस्ता कुरामा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए । डेङ्गु संक्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रशस्त पिउने, फलफूल खाना र आराम गर्न उनले सुझाव दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker