आस्था र विश्वासको धरोहर ढोरबाराही मन्दिर

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको ढोरबाराही मन्दिर । धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण तीर्थस्थलको रूपमा रहेको यस मन्दिरमा वर्षैभरी दर्शनार्थीको घुइँचो लागिरहन्छ ।
मन्दिरसम्म पुग्नका लागि सहज सडक, जंगलको बीचमा हरियाली वातावरणमा रहेको यस मन्दिरलाई नगरपालिकाले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगेको छ । मन्दिरसंगै रहेको पानी पोखरीमा थरीथरीका माछाहरु देख्न सकिन्छ भने आस्था र विश्वासको धरोहरका रुपमा रहेको यस मन्दिरसंगै रहेको पोखरीमा रजबाम बस्नुका साथै पोखरीमा लहरी छुट्ने बेलामा मात्रै रजबाम बाहिर निस्कन्छ जसको दर्शनले इच्छाएको पुरा हुने विश्वास गरिन्छ ।
ढोरवाराही मन्दिरमा पशुबलि दिने प्रथा छ । तर रामनवमी औँसी र एकादशीको दिनमा भने बलि दिइँदैन । यहाँ परेवा उडाउने र पाठापाठी तथा राँगाको बलि दिइन्छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ