प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (MSME) र उपभोक्ता वर्गलाई लक्षित गरी SME & Consumer Banking HUB Gandaki को स्थापना गरेको छ । यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत श्री राजु रानाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
उहाँले कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवद्र्धनमा सहयोग पु¥याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिनुभयो ।
SME & Consumer Banking HUB Gandaki मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ। उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ ।
कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।
SME & Consumer Banking HUB Gandaki मार्फत प्रदान गरिने प्रमुख सेवाहरू :
– व्यवसाय तथा परियोजना ऋण
– उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य)
– वित्तीय परामर्श सेवा
– द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया
इच्छुक ग्राहकहरूले प्रभु बैंक लिमिटेडको गण्डकी प्रदेश कार्यालय वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्नेछन् । विज्ञापन
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker