घिरिङको भैरव मोटरमार्ग र राधाकृष्ण मोटरमार्गमा निर्माण सम्पन्न कल्भर्टको उद्घाटन

घिरिङ : तनहुँको घिरिङ गाउँपालिकास्थित भैरव मोटरमार्ग र राधाकृष्ण मोटरमार्ग अन्तर्गतका दुईवटा कल्भर्ट उद्घाटन गरिएको छ । घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले गोफा खोलामा निर्माण सम्पन्न भएका दुई वटा मोटरमार्गका कल्भर्टको बिहीबार उद्घाटन गरेका हुन् ।

कल्र्भट उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिकामा भौतिक पूर्वाधार निर्माणको काम भइरहेपनि केही व्यक्तिहरू निरन्तर आलोचना गरिरहेको बताए । उनले भने, ‘गाउँपालिकाले बाटो बनाउन सकेन भन्नेहरूलाई थाहा छ कि छैन, कृष्ण मोटरमार्ग हाल मुद्दा प्रक्रियामा छ । यो मोटरमार्गका विषयमा आफु स्वयंले राजनीतिक दलका प्रतिनिधिहरू सहित उच्च अदालतदेखि मन्त्रालयसम्म डेलिगेसन दिएको छु ।’

थापाले आफूले आश्वासन मात्रै नभई काम गरेर देखाउने शैली अवलम्बन गरेको बताउँदै हाल गाउँपालिकाका भित्री सडकहरूमा तीव्र गतिमा काम भइरहेको र आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत गाउँपालिकाका सबै क्षेत्र समेट्ने सन्तुलित योजना ल्याउने तयारीमा छौं ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालका अनुसार भैरव मोटरमार्ग अन्तर्गतको कल्भर्ट २७ लाख रुपैयाँमा र राधाकृष्ण मोटरमार्गको कल्भर्ट २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

उक्त कार्यक्रम गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकार, स्थानीय सु. मन बहादुर राना, गाउँपालिकाका पूर्व अध्यक्ष रन बहादुर राना, वडा अध्यक्षहरू तहल सिं थापा, नर बहादुर थापा, भिमाद नगरपालिका–४ का वडा अध्यक्ष रामकृष्ण राना लगायतले बजेट अभावका बाबजुद गाउँपालिकाले विकासलाई प्राथमिकता दिइरहेको बताए ।

त्यस्तै, नेकपा एमाले घिरिङ गाउँ कमिटीका अध्यक्ष सुमन कुमार श्रेष्ठ, माओवादी केन्द्रका चुन नारायण श्रेष्ठ, नेपाली कांग्रेसका भक्त बहादुर श्रेष्ठ, शिक्षक संगठन घिरिङका पूर्व उपाध्यक्ष सन्तमान श्रेष्ठ लगायतले विकास निर्माणका काममा राजनीति गर्न नहुने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker