शुक्लागण्डकी नगरपालिका : विद्यार्थीको नतिजा सुधार्नका लागि निःशुल्क अतिरिक्त कक्षा

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीको शैक्षिक नतिजामा सुधार ल्याउने लक्ष्यका साथ नगरपालिकाले अतिरिक्त कक्षा सञ्चालन कार्यक्रम अगाडि ल्याएको हो ।

चालु आर्थिक वर्षलाई शैक्षिक वर्षका रुपमा मनाउने घोषणा गरेको नगरपालिकाले यस वर्ष कक्षा ८ र १० का विद्यार्थीलाई लक्षित गरेर निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको छ ।

कक्षा ८ र कक्षा १० का विद्यार्थीहरुको नजिता सुधार गरेर शैक्षिक उपलब्धी हासिल गर्ने लक्ष्य लिएको नगरपालिकाले नै अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय लिइएको नगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज चापागाईले बताए ।

उनका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ मा गणित र कक्षा १० मा विज्ञान र गणित विषयका अतिरक्त कक्षा सञ्चालन गरिने भएको छ ।

सम्वन्धित विद्यालयका विषयगत शिक्षकलाई अतिरिक्त कक्षा लिएवापतको पारिश्रमिक नगरपालिकाले उपलब्ध गराउने भएकाले विद्यार्थीलाई कुनै आर्थिक भार नपर्ने गरी शैक्षिक गुणस्तर सुधारका लागि यो कार्यक्रम अगाडि ल्याएको शाखाका अधिकृत शुशिल नराल बताए ।

उनका अनुसार विहिबार नगरपालिकामा रहेको सामुदायिक विद्यालयका ५५ जना प्रधानाध्यापकसंग अतिरिक्त कक्षा सञ्चालनका लागि सम्झौता गरिएको छ ।

नगरपालिकामा आयोजना गरिएको सिकाई आपुरण तथा द्रुत सिकाई योजना कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कृष्णराज पण्डितले नगरपालिकाले आधारभूत तहसम्म निःशुल्क र अनिवार्य अध्ययनको निती लिएकाले सबैलाई विद्यालयको पहुँचमा पु¥याउन अभियान सञ्चालन गरिएको बताए ।

उनले भने, ‘नगरपालिकाको आन्तरिक स्रोतबाट दरवन्दी कम भएका विद्यालयमा शिक्षकका ब्यवस्था गरिएको, नगरपालिकामा रहेको विभिन्न सहायता कोषबाट सहयोगका कार्यक्रम सञ्चालन भईरहेकाले आर्थिक विपन्नताको नाममा विद्यालयको पहुँचबाट कोही कसैलाई बाहिर नराख्न आग्रह गरेका छौ ।’

कार्यक्रममा उपप्रमुख खुबहादुर विक राजु, कार्यपालिका सदस्य रिता नेपाली लगायतले विद्यालयमा प्रधानाध्यापकको असल नेतृत्वले विद्यालयको शैक्षिक विकासले गति लिन सक्ने भएकाले गम्भिर भएर क्रियाशिल बन्न जोड दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker