२१२औँ भानुजयन्ती : चुँदीरम्घामा भानुभक्तीय रचनापाठ प्रतियोगिता

भानु : आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा २१२औँ भानुजयन्तीका अवसरमा भानु नगरपालिका–४ चुँदीरम्घामा विद्यालयस्तरीय कविता, चित्रलेखन, खुला कविता र भानुभक्तीय रचनापाठ प्रतियोगिता सम्पन्न भएका छन् ।
विद्यालयस्तरीय कविता प्रतियोगितामा फिस्टेल आवासीय माध्यमिक विद्यालयका मौसमी गैरे प्रथम हुनुभएको छ । गोगन माध्यमिक विद्यालय पोखराका सुजाता पौडेल द्वितीय, भानु संस्कृत माविका सृष्टि सुनार तृतीय तथा भानु संस्कृत माविका विनिशा श्रेष्ठ र नारायणी आवासीय विद्यालयका शिवानी अधिकारी सान्त्वना हुनुभएको समितिका सदस्य सचिव कृपाहरि लौडारीले जानकारी दिनुभयो ।
त्यस्तै, विद्यालयस्तरीय भानुभक्तको चित्रलेखन प्रतियोगितामा जनजागृति माविका स्नेहा गुरुङ प्रथम, भानु संस्कृत माविका अङ्कित बसेल द्वितीय, नारायणी आवासीय विद्यालयका रमेश राई तृतीय र अनिता तामाङ सान्त्वना पुरस्कार पाउनुभएको हो ।
खुला कविता प्रतियोगितामा भानु नगरपालिका–४ का महेश ठेडीमगर प्रथम, भानु नगरपालिका–१ का रश्मी सेढाईं द्वितीय, भानु नगरपालिका–४ का रामप्रसाद पौडेल तृतीय र सोही वडाका अनिता श्रेष्ठ सान्त्वना पुरस्कार पाउनुभएको हो ।
भानुभक्तीय रचनापाठ प्रतियोगितामा गोगन मावि पोखराका सुजाता पौडेल प्रथम, व्यास नगरपालिका–३ का स्वाधीनता पौडेल द्वितीय, भानु संस्कृत माविका गरिमा नेपाली तृतीय र भानु संस्कृत माविकै प्रस्तुति आचार्यले सान्त्वना पुरस्कार पाउनुभयो ।
विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको राशि क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु दुई हजार छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker