अमरसिंह माविका विपन्न विद्यार्थीलाई आमा समूहद्वारा पोशाक वितरण

दमौली : तनहुँको व्यास नगरपालिका–११ धरामपानी स्थित अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न विद्यार्थीलाई स्थानीय गौरवसाली आमा समूहले विद्यालय पोशाक वितरण गरेको छ ।

विद्यालयका ९ जना विद्यार्थीलाई विद्यालय पोशाक स्वरूप सर्ट र पाइन्ट सिलाइ सहयोग गरिएको हो । करिब १५ हजार रुपैयाँ मूल्य बराबरको सहयोग स्वरूप पोशाक गौरवसाली आमा समूहकी अध्यक्ष श्रीमाया रानाले विद्यालयका प्रधानाध्यापक प्रताप गैरेमार्फत विद्यार्थीलाई हस्तान्तरण गरेकी हुन् ।

विद्यार्थीलाई सहयोग हस्तान्तरण गरिएको अवसरमा आयोजित कार्यक्रममा व्यास–११ का वडा सदस्य गोकुल दुराले गौरवसाली आमा समूहको सक्रियता र समाजसेवी भावना प्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा सामाजिक सेवा, शिक्षा र बालबालिकाको हितमा अझ सशक्त योगदान दिन आमा समूहलाई आग्रह गरे ।

कार्यक्रममा दुरा समाजका अध्यक्ष कृष्ण दुरा, विद्यालयका पूर्व प्रधानाध्यापक श्यामकुमार श्रेष्ठ, शिक्षक प्रतिनिधि तिलकबहादुर खड्का लगायतले शुभकामना मन्तव्य दिंदै विद्यालयको शैक्षिक र भौतिक विकासमा सामूहिक सहयोग अपरिहार्य रहेको धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर घर्तीले विद्यालय वरपरका टोल, आमा समूह, अभिभावक र स्थानीयको सहकार्यबिना विद्यालयको शैक्षिक गुणस्तरमा सुधार सम्भव नरहेको उल्लेख गर्दै आगामी दिनमा अझ मजबुत हातेमालोको अपेक्षा व्यक्त गरे ।

आमा समूहले यसअघि पनि विद्यालयको प्रवेशद्वार निर्माण, विद्यालय पोशाक वितरण, सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम लगायत विविध सामाजिक कार्य गर्दै आएको विद्यालयले जनाएको छ ।

स्थानीय स्रोत साधनको सीमितताबीच गौरवसाली आमा समूहले गरेको निरन्तर सहयोगले विद्यालय समुदायलाई हौसला मिलेको बताउँदै प्रधानाध्यापक गैरेले आमा समूहप्रति आभार व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker