फेसन डिजाइन तालिम र प्रदर्शनी (फोटोफिचर)

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ राष्ट्रिय महिला उद्यमी समिति गण्डकी प्रदेश र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राष्ट्रिय महिला उद्यमी समिति कास्कीले संयुक्त रुपमा पोखरामा सञ्चालन गरेको १० दिने फेसन डिजाइन तालिममा सहभागिहरुले तयार गरेको डिजाइन प्रदर्शनी गरिदै ।

आधारभूत तहको तालिम लिई स्वरोजगार मुलक उद्यम गर्दै आएको महिलाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त १० दिनको तालिममा सिकेको सीपबाट विभिन्न डिजाइनका कपडा तयार गरी युवतीहरुले प्रदर्शन गरेको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ राष्ट्रिय महिला उद्यमी समिति गण्डकी प्रदेश संयोजक ममता बस्यालले बताइन ।

६५ जना सहभागि रहेको तालिममा प्रशिक्षक मनु थापाले पुनःताजकि तालिम अन्तर्गत सीप विकास सम्बन्धी फेसन डिजाइनको सहजिकरण गरेकी थिइन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










