तनहुँको सबै मतदान केन्द्रमा मतदान कार्य सुरु, तनहुँ-१ का प्रतिस्पर्धी पौडेल, राना र जोशीले गरे मतदान

भञ्ज्याङ न्यूज

तनहुँमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य बिहान ७ बजेबाटै उत्साहपूर्ण रुपमा सुरु भएको छ ।

तनहुँका २ वटा निर्वाचन क्षेत्रमा रहेका १४२ वटै मतदान स्थलमा कायम गरिएका ३०५ मतदान केन्द्रमा बिहान सातबाजेबाटै मतदान कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत दल बहादुर केसीले जानकारी गराए ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेल, एकबहादुर राना र गोविन्दराज जोशीले आ-आफ्नो मतदान केन्द्रबाट बिहान ७ बजेनै मतदान गरेका छन् ।

नेपाली कांग्रेसका तर्फाट उम्मेदवार पौडेलले व्यास-२ सत्यवती मावि, नेकपा एमालेका तर्फाट रानाले भानु-३ स्थित मतदान केन्द्र र जोशीले भानु-११ रुपाकोटमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै, तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले मतदान गरेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री गुरुङले भिमाद नगरपालिका-९ स्थित भिमाद सामुदायिक भवनबाट मतदान गरेका हुन् । मतदानपछि गुरुङले तनहुँ क्षेत्र नम्बर २ मा एमालेको जित निश्चित रहेको बताएका छन् ।

बाम-लोकतान्त्रिक गठाबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले यो निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने भएका छन् । उनको मतदाता नामावली तनहुँ-१ को भानु नगरपालिकामा रहेको र उनि तनहुँ-२ बाट उम्मेदवार बनेका छन् ।

यस्तै, अन्य राजनीतिक दलका उम्मेदवारहरुले पनि आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रदेशसभा सदस्यका उम्मेदवारहरुले पनि आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरिसकेका छन् ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, मर्यादित र निष्पक्षरूपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगबाट जारी आचारसंहितालाई पालना गर्दै निर्वाचन सम्पन्न गराउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने राजनीतिक दलहरुले प्रतिवद्धता जनाइएका छन् ।

तनहुँमा कायम गरिएका १४२ वटा मतदान स्थललाई तीन वर्गमा वर्गीकरण गरी आवश्यक सुरक्षा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनु भएको छ ।

तनहुँका ६ वटा मतदान स्थल अतिसंवेदनशिल, ५२ वटा मतदान स्थल संवेदनशिल र ८४ वटा मतदान स्थललाई सामान्यमा वर्गीकरण गरिएको छ । निर्वाचनका लागि ३३३ जना सशस्त्र प्रहरी, ४८६ जना नेपाली सेना, ७७८ जना नेपाल प्रहरी र १ हजार ३९२ जना म्यादी प्रहरी खटाइएको छ ।

तनहुँको १० स्थानीय तहका ८५ वटा वडामा रहेका ३०५ मतदान केन्द्रबाट २ लाख ४८ हजार ४९५ जना मतदातालाई मतदान गरनाउनका लागि २ हजार ४४० जना कर्मचारी खट्टएिका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker