हामी हेरचाह गर्छौ, हामीलाई पनि हेरचाह चाइन्छ ….

प्रदेश अस्पताल दमौलीका नर्सहरु नेपाल सरकारले तोकेको तलबस्तर र सुविधा कार्यान्वयन हुनुपर्ने माग गर्दै बुधबार हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिदै । अस्पतालका स्वास्थ्यकर्मीहरुले सरकारले तोकेको तलबस्तर र सुविधा तुरुन्त कार्यान्वयन हुनुपर्ने, नर्सहरुको परिश्रम, मूल्य र पेसागत सम्मान सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै हातमा कालोपट्टी बाँधेर दुई घण्टा आन्दोलनमा उत्रिएका थिए । तस्विर : भञ्ज्याङ










