तिहारको रमझमसंगै भैलोको समीक्षा

सुरेशकुमार पाण्डे

अहिले जेनजी विद्रोह पछि धेरैले अनुमान गरेका थिए की समाजमा रोदन र आतङ्क भएले तिहार फिका हुन्छ । अर्थात तिहारको पूर्वको रमझम् जस्तो अहिले हुँदैन । तर त्यस्तो भएन बिभिन्न सहरहरूमा भैलो खेल्दैछन् । भैलोमा त झनपछि झन वृद्धी हुँदै आएको देखिन्छ । पहिलेका दिनहरूमा एउटा गाउँमामात्र भैलो पुग्दैनथ्यो र कहिले काँही एउटा वाडको भैलो वा दुई तीनवटा गाउँ मिसिएर एउटा राम्रो भैलो बन्दथ्यो । यद्यपि त्यो भैलो वुर्जुआहरूको हुन्थ्यो र पुरानो रूढिवादी बिचारधारा पस्केर त्यसैमा रम्ने गरिनथ्यो। तर उनिहरूले त्यो भैलोको माध्यायमबाट किबदन्ती शास्त्र अनुसारको भट्याउँने गर्दथे। त्यो धेरै पहिलेदेखिको परमपरानै थियो।

तर पछि पञ्चायतिकालमा त्यो भैलो दुई भागमा बिभाजन भएको देखिन्थ्यो। एउटा प्रगतिसिल पक्ष आर्को रूढिवादी अनुसारको भैलो। तर खुलेर पञ्चायति व्यवस्थाको बिरोधमा बोल्न गारा थियो । हामिले विदेशमा भने पञ्चायती कालमा पनि प्रगतिसिल भैलो पञ्चायति व्यवस्थाको बिरूद्धमा लक्षित गरेर खेलेका हुन्थ्यौँ । प्रवासमा नेपाली श्रमजीविहरूले राष्ट्रियता र जनताको अधिकार र स्वतन्त्रताको पक्षमा जनवादी भैलो व्यवस्थित रूपमा सन् १९७९ पछि खेल्ने गरिन्थ्यो ।

बरू पछि प्रवाशमा बिभिन्न संगठनहरूका आ–आफ्नै प्रकारका भैलो हुनेगर्थे । तर उनिहरूको उद्देश्य देशमा रहेको विद्धमान पञ्चायती तानाशाही व्यवस्थाको विरूद्धमा केन्द्रित हुन्थ्यो। खास गरेर वामपन्थि शक्तिहरू व्यवस्थालाई जरैदेखि फाल्ने पक्षमा थिए । उनिहरूको जोड पञ्चायती तानाशाही व्यवस्थाको बिरूद्धमा केन्द्रित हुन्थ्यो । अहिले नेपालमा बहुदलीय गणतन्त्र आएपछि बिभिन्न पार्टीहरूले आ–आफ्नै प्रकारले भैलो खेल्दैआएका छन्। कयौँले उस्तै बुर्जुवा जगमा उभ्भिएर रूढिवादी प्रकारको भैले खेल्छन् । उनिहरूको उद्देश्य आर्थिक संकलन् गर्नु नै हुन्छ। यसो भन्दा अशान्दर्भिक नहोला की प्रयाजसो पार्टीका भैलेहरू आफ्नै पार्टीको हितका लागि सञ्चालित भएका हुन्छन् ।

यस्तै गरेर अहिलेको वर्षमा राजनैतिक पार्टीको भन्दा पनि यस्तै खाल्का कयौँ संघ संस्थहरूको भैलोको बाजार देखियो। भैलो व्यापक रूपमा नै खेलेको देखियो। तर कतिपय ठाउँमा कमवेस हुनसक्छ। भैलो देशमा हाम्रो सामाजिक परमपरा हो। नेपालीहरू जहाँ भएपनि तिहारको बेलामा देउसी भैलो खेल्ने परमपरालाई भुलेका छैनन्। उनिहरूले जहाँ सम्भव हुन्छ देउसी भैलो खेल्छन्। आफ्नो समाजिक परमपराको जोगेर्ना गर्नुलाई राम्रै मान्नुपर्छ । यो पनि एउटा कला साहित्य नै हो। समाजमा यस्ता कार्यक्रमको आयोजनाले मानिस बिचको मित्रतालाई प्रघाढ गर्छ। भैलो खेल्नु खेलाउनु नेपाली समाजमा राम्रो मानिन्छ । सदियौंदेखि चल्दै आएको परमपरा पनि हो ।

तर हामीले बुझ्नै पर्ने कुरा केहो भने भैलो खेल्ने उद्देश्य के हो ?, यो अहिलेको प्रमुख बिषयबस्तु यही हो । बिभिन्न संघ संस्थाहरूले भैलोको आयोजना गर्छन्; राजनैतिक पार्टीहरूले पनि प्रत्यक्ष वा छदम् रूपमा भैलो खेलाएको पाइन्छ। अहिले हाम्रो समाजमा बालखदेखि बृद्धसम्मका मानिसहरू भैलोका छुट्टाछुट्टै टीम बनाएर भैलो खेल्दै हिंडेको देखिन्छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा लक्षित् गरेर धेरै कम संघ संस्थाहरूले भैलो जनतामा पु¥याको आभाष हुन्छ। धेरैजसोले धन जुटाउने उद्देश्यले नै भैलो खेलेका हुन्छन्। तर कतिपयले भैलोद्वारा समाजमा बिद्धमान रूढिवादी र बुर्जुवा संस्कारलाई चिर्ने र त्यसको ठाउँमा प्रगतिशिल बिचारधाराको विकास गर्न जोड दिन्छन् । त्यस्तो रक्तिम परिवार वा राजमोले स्थापनाकाल देखिनै गर्दै आएको छ। जहापनि राजमो अर्थात नेकपा (मसाल) समर्थकहरू छन् त्यो ठाउँमा उनिहरूले अहिलेपनि समाजमा रहेका कु संस्कारलाई भैलोलाई अथवा अन्य कुनै चाड पर्वलाई प्रगतिसिल रूपमा ढाल्ने प्रयात्न गर्दै आएको देखिन्छ ।

भनिरहनु पर्दैन् अहिले देशभित्र जेनजी विद्रोहले उठाएका मुद्दाहरू राष्ट्रिय जनमोर्चाले सडक र सदनमा पनि लगातार उठाउँदै आएको छ। देशभित्र भएको भ्रष्टाचार र अव्यवस्थित व्यवस्थालाई सुशासन र व्यवस्थित गर्न राजमोले नौलो जनवादी क्रान्तिमा जोड दिंदै आएको छ। देशमा कृषि क्रान्ति बिना हामीले भष्ट्राचारलाई नामिट पार्न गारो छ। त्यसैले देशको साशन व्यवस्थालाई सही दिशामा डोराउनका लागि राजनैतिक पार्टी पनि सही हुनुपर्छ। बिचार र व्यवहार बिचको घालमेल बिनाका खोक्रा भाषनले देशमा सुशासन आउँनसक्दैन। अहिले जेनजीको विद्रोहबाट त्यसबारे प्रष्ट भएको छ । देशमा भष्ट्राचार प्रत्येक निकायमा संस्थागत छ। जसलाई छिट्टै फ्याक्न सकिदैन। एउटा व्यक्ति बदलेर आर्को व्याक्तिलाई सरकारमा पुराएर भ्रष्टाचार सकिदैन बरू सिस्टम बदल्न सक्नुपर्छ। त्यो सिस्टम भनेको आमूलपरिवर्तन् नै हो। जो राजमोले लगातार सडक र सदनबाट पनि भन्दै आएको छ ।

कलाकारहरूले पनि आफू अनुसाशित रहेर त्यो बिचारलाई संदेशको रूपमा जनतामा पु¥याउन भैलोको प्रयोग गरेका छन्। उनिहरूको गीत, नृत्य र भैलो भट्याउँदा पनि शब्द चयन देश र जनताको पक्षमा लक्षित गरिएका छन्। सस्तो लोकप्रियता बन्नुभन्दा बरू गहकिलो देशभक्त बन्दा यदि एक्लै भएपनि आफ्नो बिचारमा अटल रहन सक्ने शक्ति भनेको राजमो हो भन्ने कुरा अहिलेको भैलोसमेतले पुष्टि गरेको छ । कसैले खुसि भएर सय रूपिया दिएपनि उत्तिकै राम्रो व्यवहार गरिन्छ जसले दश हजार वा त्यो भन्दा बढि रूपियाँ दिन्छ। यसरी के बुझ्न सकिन्छ भने भैलोको मुख्य उद्देश्य भनेको धन संकलन गर्न मात्र होइन बरू आफ्नो सही बिचार जनतासम्म पु¥याउनु हो ।

राजमोले एक्लै पनि संघीयताको जोडदार बिरोध गर्दै आएको छ । यद्यपि संघीयता जवर्जन् देशको संवैधानिक अंग बनाइएको छ। जसलाई राजमोले लगातार बिरोध गर्दै जनतामा संघीयताको परिणाम बताउँदै आएको छ। अहिले लगभग देशलाई संघीयताले नाङ्गेझार पारेको सबैलाई थाहा भैसकेको छ। अहिलेको तिहारमा पनि देशको भिषण परिस्थितिमा पनि राजमो निकट भैलोले त्यसको निडर रूपमा बिरोध र भण्डाफोर्ड गर्यो ।

आखिर यो राष्ट्रिय चिन्ता बोकेको जिम्मेवार पार्टीले गर्नैपर्ने काम हो। जो देशलाई फाइदा छैन जस्बाट ठुलो नोक्सान भएको छ त्यसबारे जनतालाई बताउने राजनैतिक पार्टी वा संघसंस्थाको नैतिक कर्तव्य हुन्छ। त्यस माइनेमा राजमो खरा उत्रिएको छ भन्न सकिन्छ। राजमोले भैलोबाट आएको रकमपनि देश र जनताको हितमा खर्च गर्दै आएकोले पनि यसलाई जनवादी भैलो भनेर भन्नुपर्छ। अहिले धेरैजसो संघ संस्थाले भैलोको माध्यायमबाट कुनै समाज विकासका कार्यक्रमहरू अगाडी सार्नुभन्दा पनि उस्तै ढले ढलेका गीतहरूबाट त्यही बिकृती बिचारधाराको प्रचार गर्दै आएका छन्।

असलमा समाजमा रहेको गलत व्यवहार र बिचारको बिरूद्धमा आवाज उठाउँनु अहिलेको आवश्याकता हो। देशको अवस्था अत्यान्तै तरल छ। देशको सार्भौमसत्ता जनप्रतिनिधिको हातमा छैन् । अहिले भष्ट्राचारले सिमाना नागेपछि देशभित्र जेनजी पुस्ताले विद्रोह गरेर सत्ता ढालेको अवस्था छ। तर जसरी उनिहरूलाई अन्य आइएनजीओ र एनजिओले प्रयोग गरिरहेका छन् त्यो हिसाबले देश अँझैपनि कहाँ पुग्नेहो त्यसबारे केही भन्न सकिदैन । अझै पनि अनिश्चित छ। यस्तो कहालिलाग्दो अबस्थामा पनि उनै बुर्जुआ र रूढिवादी रटानका बिचार जनतामा पस्किनु भनेको गैरजिम्दाराना व्यवहारनै हुनसक्छ। एउटा असल राजनीतिक पार्टी वा संघ संस्थाले देशको हितमा कार्यक्रम अगाडी सार्नुपर्छ र यो सबै राजनैतिक पार्टीहरूको नैतिक अर्तव्य हुनुपर्छ ।

देशभित्र सबैजसो ठुला राजनीतिक पार्टीको भष्ट्राचारी व्यवहारले गर्दा उनिहरूलाई यतिवेला पाखा लगाएको अबस्थामा पनि सच्चिनुको सट्टा झन उस्तै मार्गमा लम्किरहनु भनेको झनै जनाआक्रोशलाई बढाउनु हो । अब जनताले पनि बुझुसकेका छन्। देशमा भष्ट्राचार मुक्त सु व्यवस्थाको लागि आवाज उठेको वेला त्यो भन्दा पनि जनताको आक्रोशले राजनीति पार्टीहरूलाई साशन व्यवस्थाबाट किनारा लगाएको अवस्थामा पनि सदबुद्धि पलाएन भने देशमा आर्को बिस्फोट हुनसक्छ भन्नेबारेमा पनि बुझ्नुपर्द छ । तर कुन्नि किनहो हाम्रो समाज शिक्षा लिनुको सट्टा जतिपटक ठोकिन्छ उत्तिपटक फेरि पनि ठोकिन जान्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker