संघीय सरकारबाट तनहुँलाई ४ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ अनुदान, कुन पालिकाले कति पाए ? (विवरण सहित)

तनहुँ : तनहुँका ४ नगरपालिका र ६ गाउँपालिकालाई संघीय सरकारबाट ४ अर्ब ५६ करोड ४७ लाख अनुदान प्राप्त गरेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण अनुसार ४ नगरपालिकाले २ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ अनुदान पाएका छन् भने, ६ गाउँपालिकाले १ अर्ब ९२ करोड २ लाख रुपैयाँ अनुदान पाएका छन् ।
भानु नगरपालिकाले समानीकरण अनुदान तर्फ १३ करोड ८७ लाख, सशर्त अनुदान तर्फ ४४ करोड ४१ लाख, विशेष अनुदान तर्फ १ करोड, समपुरक अनुदान -पुँजीगत प्रकृति) तर्फ ४० लाख गरी चालु तर्फ ५६ करोड ८३ लाख र पुँजीगत तर्फ २ करोड ८५ लाख गरी ५९ करोड ६८ लाख अनुदान प्राप्त गरेको छ ।
भिमाद नगरपालिकाले समानीकरण तर्फ ११ करोड १४ लाख, सशर्त तर्फ ३० करोड ७३ लाख, विशेष अनुदान तर्फ १ करोड ६७ समपुरक आनुदान तर्फ २ करोड १५ लाख गरी चालु ४१ करोड ३२ लाख र पुँजीगत ४ करोड ३७ लाख गरी ४५ करोड ६९ लाख अनुदान प्राप्त गरेको छ ।
व्यास नगरपालिकाले समानीकरण तर्फ १८ करोड ६० लाख, सशर्त तर्फ ७५ करोड २० लाख, समपुरक तर्फ ५० लाख गरी चालु ८० करोड ४० लाख र पुँजीगत १३ करोड ९० लाख गरी ९४ करोड ३० लाख रुपैयाँ अनुदान रकम प्राप्त गरेको छ ।
शुक्लागण्डकी नगरपालिकाले समानीकरण तर्फ १४ करोड ६० लाख, सशर्त तर्फ ४६ हरोड ४३ लाख, विशेष तर्फ १ करोड ४० लाख, समपुरक तर्फ १ करोड ३५ लाख गरी चालु ५१ करोड ९३ लाख, पुँजीगत ११ करोड ८५ लाख गरी ६३ करोड ७८ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ ।
आँवुखैरेनी गाउँपालिकाले समानीकरण तर्फ ९ करोड ६७ लाख, सशर्त तर्फ १७ करोड ३६ लाख, विशेष तर्फ १ करोड ८० लाख, समपुरकमा २ करोड ५८ लाख गरी चालु २८ करोड ४३ लाख, पुँजीगत २ करोड ९८ लाख गरी ३१ करोड ४१ करोड अनुदान प्राप्त गरेको छ ।

ऋषिङ गाउँपालिकाले समानीकरण तर्फ १० कराड ३७ लाख, सशर्त अनुदान तर्फ २४ करोड ६१ लाख, विशेष अनुदान तर्फ ७६ लाख, समपुरक अनुदान ८५ लाख गरी चालु ३४ करोड ५६ लाख, पुँजीगत २ करोड ३ लाख गरी ३६ करोड ५९ लाख अनुदान प्राप्त गरेको छ ।
घिरिङ गाउँपालिकाले समानीकरण तर्फ ८ करोड ७८ लाख, सशर्त अनुदान तर्फ १८ करोड ८१ लाख, समपुरक अनुदान ७० लाख गरी चालु २६ करोड ९७ लाख, पुँजीगत १ करोड ३२ लाख गरी २८ करोड २९ लाख अनुदान प्राप्त गरेको छ ।
देवघाट गाउँपालिकाले समानीकरण अनुदान तर्फ ८ करोड ३२ लाख, सशर्त अनुदान तर्फ २३ करोड ८२ लाख, विशेष अनुदान ८६ लाख, समपुरक अनुदान ७० लाख गरी चालु ३१ करोड २ लाख, पुँजीगत २ करोड ६८ लाख गरी ३३ करोड ७० लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ ।
म्याग्दे गाउँपालिकाले समानीकरण अनुदान तर्फ ९ करोड ९२ लाख, सशर्त अनुदान तर्फ १८ करोड ६३ लाख, विशेष अनुदान तर्फ १ करोड ४० लाख, समपुरक अनुदान ७० लाख गरी चालु २९ करोड ५६ लाख, पुँजीगत १ करोड ९ लाख गरी ३० करोड ६५ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ ।
बन्दीपुर गाउँपालिकाले समानीकरण अनुदान तर्फ ९ करोड ६ लाख, सशर्त अनुदान तर्फ २० करोड ७ लाख, विशेष अनुदान १ करोड ५० लाख, समपुरक अनुदान १ करोड ७५ लाख गरी चालु २८ करेडा ५८ लाख र पुँजीगत ३ करोड ८० लाख गरी ३२ करोड ३८ लाख रुपैयाँ अनुदान बजेट प्राप्त गरेको छ ।










