विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्छः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभएको छ । ऋषि गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा आज उहाँले भन्नुभयो, “विकास र राजनीति एक अर्काका परिपूरक हो । त्यसैले विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्दछ ।”

विकासका क्षेत्रमा पछि परेका ऋषिङमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै उहाँले हिजो हामीले विकास निर्माणको सुरुआत गरेको र आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको बताउनुभयो । उहाँले गाउँपालिकाले खेलकुदका माध्यमबाट सिङ्गो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न चालेको कदम सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको सम्वद्र्धनका लागि राज्यले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिनुभयो । खेलकुद मानिसको स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले म्याराथन प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद, प्रमाणपत्र, मेडल र ट्रफिबाट पुरस्कृत गर्नुभयो । म्याराथनको उपाधि तीर्थराज तामाङले हात पारेका छन् । ४२ दशमलव पाँच किलोमिटर लामो दूरीको उक्त म्याराथन २ घण्टा ५२ मिनेटमा पार गर्दै उहाँले उक्त उपाधि जित्न सफल हुनुभएको हो । त्यसैगरी देवराज महतराले २ घण्टा ५४ मिनेटमा सो दूरी पार गरी द्वितीय भएका छन् । यी दुबै जना त्रिभुवन आर्मी क्लबका हुन् ।

त्यसैगरी सुमन कुलुङ राईले तृतीय र राजन मेयङग्बाले सान्तवना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीलाई क्रमशः ६५, ४०, २५ र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker