सोलार पम्पबाट सिंचाई

तनहुँको भानु नगरपालिका-८ बयालेफाँटमा व्यवसायिक रुपमा गरिएको लसुन खेतीमा सोलार पम्पबाट सिंचाई गर्दै कृषक । यहाँका कृषकले सामुहिक रुपमा ४० रोपनी क्षेत्रफलमा आलु र १० रोपनी क्षेत्रमा लसुन खेती गरेका छन् । आलु र लसुन खेतीलाई सहज रुपमा सिंचाई सुविधा उपलब्ध गराउन अकिस्टा नेपाल नामक संस्थाले दुइ सेट सोलर प्यानल र मोटर उपलब्ध गराएको छ । तस्विर : भञ्ज्याङ










