‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई घिरिङले दियो उन्नत जातका बाख्रा

घिरिङ । तनहुँको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका दश जनालाई बीउपुँजीको रूपमा उन्नत जातका बाख्रा वितरण गरिएको छ । गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुई/दुईजना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्य गाउँपालिकाको रहेको स्थानीय अपाङ्गता समन्वय समिति सदस्य सचिव हिरामान श्रेष्ठले बताए । उनका अनुसार घिरिङ–१ बाट तुलसी कुमाल, बिष्ने दमाई, वडा नं २ बाट पदम थापा, सोमबहादुर दमाई, वडा नं ३ बाट सुकमाया सार्की, मनकुमारी श्रेष्ठ, वडा नं ४ बाट भुरेली कुमाल, सुकमाया कुमाल र वडा नं ५ बाट उमा थापा र ऋतिक श्रेष्ठलाई बाख्रा वितरण गरिएको छ ।
वडा नं ५ निवासी २८ वर्षीय संगीता नेपाली दुवै खुट्टा टेक्न नसक्ने अशक्त रहेकीले दुईवटा ‘क्यालिपर’ खुट्टा जडान गर्ने पहल भइरहेको श्रेष्ठले बताए । योसँगै नेपाली वैशाखीको प्रयोगले सामान्य हिँडडुल गर्न सक्ने हुनुहुने उनको भनाइ छ ।
‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिका लागि राज्यले मासिक भत्ताको व्यवस्था गरेको छ”, समिति सदस्य सचिव श्रेष्ठले भने, “ग र घ वर्गका अपाङ्गता भएकालाई यस वर्षदेखि गाउँपालिकाले आयआर्जनतर्फ उन्मुख गराउन थालेको हो ।” उनका अनुसार गाउँपालिकाभित्र २८२ जनाले विभिन्न किसिमका अपाङ्गता परिचयपत्र लिइसकेका छन् ।
ग वर्गका ४९ र घ वर्गका १४ गरी ६२ जना मध्यम र सामान्य किसिमका अपाङ्गता रहेका अपाङ्गता समन्वय समिति सदस्य कृष्णप्रसाद अधिकारीले जानकारी दिए । परिचयपत्रको आधारमा सेवा सुविधा पाउन थालेपछि अपाङ्गता भएका व्यक्तिमा थप उत्साह मिलेको छ । उनले भने, “गाउँपालिकाले उदाहरणीय कार्य सुरु गरेको छ, यसबाट अपाङ्गता भएका व्यक्तिले राहतको महसुस गरेका छौँ ।”
शारीरिक रूपमा अशक्त व्यक्तिको जीवनस्तर उकास्न गाउँपालिकाले पहलकदमी गर्दै आएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । उनका अनुसार मध्यम र सामान्य गरी ६२ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्न पालिकाले प्रक्रिया अगाडि बढाइसकेको छ । उनले भने, “आर्थिक वर्ष २०८०/८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न रु चार लाख बजेट विनियोजन गरिएको थियो ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker