बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान

तनहुँको ऋषिङ गाउँपालिका–५ को राम्जाकोट स्वास्थ्य चौकी सेवा क्षेत्रका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउँदै स्वास्थ्य स्वयंसेवीका । स्वास्थ्य चौकीले कात्तिक १७ र १८ गते सञ्चालन गरेको अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइएको छ।

बालबालिकाको स्वास्थ्य, पोषण तथा उचित वृद्धि विकासमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित अभियान सफल बनाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सहयोगी निकाय, अभिभावक तथा सरोकारवाला सक्रिय सहभागिता रहेको थियो । तस्विर : भञ्ज्याङ










