दशैं आयो ……… !

तनहुँको व्यास नगरपालिका–१३ छापडाडाँका युवाहरुले दशैं पर्व घरआँगनमा भित्रिएसंगै कुकुरढुङ्गेमा लिङ्गेपिङ हालेसंगै पिङमा रमाउँदै एक बालिका । बडादशैंको दिन भुइँ अर्थात् धरती छाड्नु पर्दछ भन्ने मान्यतालाई जोगाईराख्न दशैं तिहार पर्वका अवसरमा बिगतदेखिनै पिङ हाल्ने परम्परालाई निरन्तरता दिनका लागि युवाहरुले गाउँमा लिङ्गे पिङ हालेका हुन् । ग्रामीण गाउँबस्तिमा चाडपर्वका समयमा देखिने रोटेपिङ, लिङ्गे पिङ पछिल्लो समय लोप हुँदै गएका छन् । तस्विर : भञ्ज्याङ










