माछा मार्ने क्रममा करेन्ट लाग्दा बाबु र छोराको मृत्यु, आमा गम्भिर घाइते
भञ्ज्याङ न्यूज

माछा मार्ने क्रममा करेन्ट लाग्दा बाबु र छोराको मृत्यु, आमा गम्भिर घाइते
विद्युतीय तारको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लाग्दा तनहुँको कोत्रेमा बाबु र छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छन ।
विहीबार बेलुकी अन्दाजी ६:३० बजेको समयमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा न.२ कोत्रे स्थित गुहेखोलामा बिद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका पाल्पा निस्ती गाउँपालिका वडा नं. ५ घर भई हाल शुक्लागण्डकी-२ कोत्रे स्थित बंगुर फारममा काम गर्दै आएका बर्ष २२ को चित्र बहादुर ब्याम्बो र ९ महिनाको छोरा आदि ब्याम्बोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त दुर्घटनामा श्रीमती बर्ष १९ कि दिलमाया ब्याम्बो गम्भिर घाइते भएकी छन । करेन्ट लाग्दा तीनै जना गम्भिर घाइते भएकोमा बाबू र छोराको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा विहीबार साझ ७:३० बजेको समयमा मृत्यु भएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
यस्तै घाईते दिलमाया ब्याम्बोको सोही अस्पतालमा उपचार भईरहेको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भईरेहेको प्रहरीले जनाएको छ ।










