देवघाटको वेणीमा लिंगो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ (तस्विर सहित)

तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघाटको वेणीमा आज बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।

नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका पीठाधीश आत्मनन्द गिरीसहित सन्तमहन्त, वटुक लगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठडयाइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रूपमा लिङ्गोसहित यात्रा वेणीमा पुगेको थियो ।

यससँगै तनहुँ, चितवन र नवलपरासीको संगमस्थल देवघाटमा माघेसंक्रान्ति मेला शुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार यस वर्षबजार लाग्ने मेला नगरी स्नानका लागि मात्र मेला हुने र विभिन्न उपसमितिमार्फ मेला व्यवस्थापन गरिएको निर्देशक घिमिरेले जानकारी गराए ।

देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने र्फकदा तिनले आँपटारीको बाटो प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले देवघाटसम्म नै सवारी साधन पुर्‍याउन सकिनेछ । घिमिरेले भक्तजनले सो पुल प्रयोग गरेमा हाल प्रयोग हुँदै आएको बाटोको सवारी चाप घट्ने बताए ।

दासढुङ्गाबाट जाँदा चार किलोमिटर दूरीमा सवारी साधनबाट देवघाट नै पुग्न सकिन्छ । घिमिरेले सवारीको पार्किङ, विद्युत्, शौचालय, सरसफाइ, खानेपानी लगायत व्यवस्था भइसकेको बताए ।

आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ गरिएको छ । नेपाली सेना पनि उद्धारमा जुट्ने जनाइएको छ ।

तनहुँ र चितवन जोड्ने झोलुङ्गे पुलको मर्मतसम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् । नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमाङ्कन गरिएको छ ।

गत वर्षहरूमा संक्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीप प्रज्वलन गरी भजनकर्ीतनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष यो संख्या भने कम हुने अनुमान गरिएको छ । आजदेखि नै भक्तजन आउने क्रम शुरु भएको छ ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फप्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लयु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker