दुइ विद्यालयका करिब १६० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण
भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिकाका दुइ सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्रि वितरण गरिएको छ । नेपाली कांग्रेसका स्थानीय नेता अर्जुन अधिकारीले देवघाट-३ छिपछिपे भञ्ज्याङ्गको बालकेश माध्यमिक विद्यालय र देवघाट-२ नरम जानकी आधारभूत विद्यालयमा अध्ययनरत १६० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेका हुन् ।
विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्दै कांग्रेसका महासमिति सदस्य आनन्दराज त्रीपाठीले शैक्षिक क्षेत्रको बिकास र शैक्षिक गुणस्तरलाई अगाडी बढाउन सके मात्रै गाउँ टोल र समुदाय हुँदै देशको बिकास हुने बताए ।

कांग्रेस नेता अधिकारीले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर विद्यार्थीहरुलाई शिक्षण सिकाइमा सहजिकरणमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो जन्मदिनमा स्टेशनरी सामाग्री वितरण गरेको बताए ।
विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराएकोमा बालकेश माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमकुमार बाचे, बालकेश माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक आसकुमार गुरुङले धन्यवाद व्यक्त गरेका थिए ।









