सेते खोलामा पक्की पुलको शिलान्यास

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ स्थित सेतेखोलामा पर्ने जारकाटे पुलको शिलान्यास गर्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित । यहाँ पुल निर्माणपश्चात शुक्लागण्डकी, स्याङ्जाको हरिनास र विरुवा गाउँपालिकाका साथै स्याङ्जाको पूर्वी क्षेत्रका नागरिकका लागि यातायात सुविधा, व्यापार, व्यवसाय, स्वास्थ्य, शिक्षा र दैनिक जीवनका गतिविधिहरू सहज र प्रभावकारी हुने बताइएको छ । तस्विर : भञ्ज्याङ










