नेपाल आदिवासी जनजाती महासंघ तनहुँको छैटौ अधिवेशन : हिराचनको अध्यक्षतामा नयाँकार्यसमिति चयन

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको शनिबार दमौलीमा सम्पन्न छैटौं अधिवेशनले सुजित हिराचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

परिषद्को वरिष्ठ उपाध्यक्षमा नन्दु थापा, उपाध्यक्षमा तीर्थ दरै, महिला उपाध्यक्षमा सरु कुमाल, सचिवमा यामु गुरुङ, सहसचिवमा शेरबहादुर बोटे र कोषाध्यक्षमा तारा मल्ल चयन भएका छन् । यस्तै, सदस्यहरुमा पृथ्वी भुजेल, दिपक राइ, कृष्णबहादुर दुरा चयन भएका छन् भने तीन जना सदस्य मनोनित गरिने बताइएको छ ।

यस्तै, सोही अवसरमा महासंघको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भवनको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले उद्घाटन गर्दै आदिवासी जनजातिलाई संविधानले दिएको अधिकारबारे सचेत गराउनुपर्ने बताए ।

महासंघले व्यास नगरपालिका-१ करङकाठ स्थित निर्मांण गरेको भवन आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले एक समारोहका बीच उद्घाटन गरेका हुन् । उनले आदिवासी जनजातिलाई मुलधारमा समाहित गर्न संविधानले धेरै अधिकार दिएको भएता पनि धेरै जनामा यसबारे सचेतना नपुगेको बताए ।

साथै राज्यका हरेक तह र नीति निर्माणमा जातीय जनसंख्याको आधारमा सहभागीता गराउने कुराको सुनिश्चितता सरकारबाट आदिवासी जनजातिले चाहेको उनको भनाइ छ । उनले भने ‘हामी चाहन्छौं राज्यको हरेक क्षेत्रमा सामावेशी समानुपातिक प्रतिनिधित्व होस ।’

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ संघीय परिषद् समितिका उध्यायक्ष युवराज जिरेलले जातप्य विभेद नगरी देशको बिकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । तनहुँमा जनजातिको बहुल्यता रहेको बताउँदै उनले जातीय र धार्मिक सहिष्णुता कायम गरी सबैले एक अर्काको सम्मान गर्नुपर्ने बताए । विभिन्न समयमा भएको आन्दोलनको उपलब्धी रुवरुप वर्तमान संविधानबाट जनजातिलाई धेरै अधिकार प्राप्त भएको उनको भनाई थियो ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मुलुकमा व्यवस्था परिवर्तनका समयमा जनजाति समुदायबाट महत्वपूर्ण योगदान भएको बताए । साथै नेपाल आदिवासी जनजाति महासंघ तनहुँले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा बधाइ ज्ञापन समेत गरे ।

नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समवन्य परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा आयोजित अधिवेशन तथा भवन उद्घाटन समारोहमा प्रदेश सभा सदस्य सरिता गुरुङ, नेकपा माओवादीका जिल्ला अध्यक्ष मदन आले, महासंघका पूर्व अध्यक्ष हरिसिं गुरुङ, व्यास-१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, महासंघ अन्तर्गतका १२ जातीय संस्थाको तर्फबाट देबबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका उपाध्यक्ष सुजित हिराचन, सचिव नन्दु थापा लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

परिषद्ले सभा हल सहितको साढे दुइ तले भवन ४७ लाख ४६ हजारको लागतमा निर्माण सम्पन्न गरेको परिषद् तनहुँका कोषाध्यक्ष तिर्थबहादुर दरैले बताए । ३० लाख ५ हजार रुपैयाँमा जग्गा खरिद गरी ५ कोठे पक्की भवन निर्माण गरिएको उनले बताए ।

उक्त भवन निर्माण र जग्गा खरिदका लागि आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानले १८ लाख रुपैयाँ, संसद बिकास कोष, तनहुँ क्षेत्र नं १ बाट १० लाख रुपैयाँ, व्यास नगरपालिकाबाट १५ लाख रुपैयाँ प्राप्त भएको बताइएको छ ।

यस्तै पर्यटन बोर्डबाट ५० हजार, महासंघले आफैले २०७४ र २०७५ मा सञ्चालन गरेको महोत्सवको बचत २९ लाख ६८ हजार ६४३ रुपैयाँ तथा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट प्राप्त १३ लाख ५८ हजार ४५८ रुपैयाँबाट भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक क्या. तारा मल्लले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker