मुरी भित्र्याउने चटारो

तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराटार फाँटमा पाकेको धाने झारेर थन्काउने तयारी गर्दै स्थानीय कृषकहरु । बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्णब’को प्रभावले नेपालमा पनि बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने मौसम विभाग जानकारी गराएपछि यतिबेला पाकेको धान खेती थन्काउने चटारोमा छन् भने वर्षाले पाकेको धानखेती बिगार्ने होकी भन्ने चिन्तामा पनि परेका छन् । शनिबारसम्म मौसमको प्रभाव रहने र कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताइएको छ । वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ । तस्विर : भञ्ज्याङ










