फाेटाे फिचर
-
११ चैत्र २०७८, शुक्रबार ११:२८गुरुङको परम्परागत नमुना घर
आठौं तनहुँ महोत्सव २०७८ सञ्चालन स्थलमा तयार गरिएको गुरुङ समुदायको पहिचान झल्कने परम्परागत नमुना घरमा रमाउँदै महोत्सवमा आएका दर्शकहरु । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० चैत्र २०७८, बिहीबार ११:३२जनजातिको नमुना घर
तनहुँको दमौलीमा विहीबारबाट सञ्चालन हुने आठौं तनहुँ महोत्सव २०७८ स्थलमा प्रदर्शनीका लागि तयार गरिदै आदिवासी जनजाति समुदायको परम्परागत नमुना घर । महोत्सव स्थलमा मगर, गुरुङ, दरै, बोटे, कुमाल लगायतका समुदायको परम्परागत पहिचान झल्कने नमुना घर तयार गरिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० चैत्र २०७८, बिहीबार ११:१५बाटो निर्माण गर्दै उपभोक्ता
तनहुँको बन्दिपुर गाउँपालिका-१ रिसिङ डाँडाका बासिन्दाहरु वडादेखि घरसम्म जाने खोल्सिमा पक्किबाटो बनाउँदै । गाउँपालिकाले उपलब्ध गराएको बजेट र उपभोक्ताको लागत सहभागितामा उक्त बाटो निर्माण गर्न लागिएको हो । तस्विर: भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ चैत्र २०७८, मंगलवार ११:१५बाख्रा चरानका लागि लगिदै
तनहुँको व्यास नगरपालिका-१०, नयाँबस्तीका कृषकहरु वाख्रा चरानका लागि लग्दै । यहाँका कृषकहरु घाँसमा आधारित भई व्यवसायिक रुपमा बाख्रा पालन गरी राम्रो आम्दानी लिदै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ चैत्र २०७८, मंगलवार ११:०८गोरूगाडामा सौराह घुम्दै पर्यटक
गोरूगाडा चढेर चितवनको सौराह घुम्दै विदेशी पर्यटक । तस्बिर : रत्न श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
८ चैत्र २०७८, मंगलवार ११:०५ड्र्यागन खेती
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुर स्थित धरमपानीमा गरिएको व्यवसायी ड्र्यागन खेती । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ चैत्र २०७८, सोमबार ११:१६म्यादी प्रहरीमा आवेदन दिनेको भीड
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा माग गरेको म्यादी प्रहरीमा आवेदन दिन लामबद्ध युवाहरु । तस्बिर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ चैत्र २०७८, आईतवार ११:३२योग विज्ञान शिविर
तनहुँको आँबुखैरेनी गाउँपालिकाको आयोजना र योग विज्ञान शिविर व्यवस्थापन समितिको व्यवस्थापनमा शनिबारदेखि सुरु योग विज्ञान शिविरमा सहभागीहरु । ‘गरौं योग, रहौं निरोग’ भन्ने मूल नाराका साथ पाँच दिनसम्म सञ्चालन हुने शिविरमा करिब पाँच सय जनाको सहभागिता रहेको छ । मानिसको शारीरिक एवं मानसिक तनावमुक्त गर्न…
पुरा पढ्नुहोस -
३ चैत्र २०७८, बिहीबार १८:१३दमौलीमा फागुपूर्णीमा (होली)को रौनक (फोटोफिचर)
कोरोना महामारीका कारण विगत दुइ वर्षसम्म फागुपूर्णीमा (होली) पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यो चाड मनाएका छन् । तनहुँका १० वटै पालिकाका बजार तथा ग्रामीण क्षेत्रमा विविध कार्यक्रम तथा बालबालिका, युवायुवती तथा ज्येष्ठ नागरिकहरु समेतले उत्साहपूर्वक फागुपूर्णीमा पर्वमा रमेका छन् ।…
पुरा पढ्नुहोस