फाेटाे फिचर
-
२७ जेष्ठ २०७८, बिहीबार १२:०४सडक मर्मत सुधार
तनहुँको पर्यटकीय नगरी बन्दिपुर जाने डुम्रे-बन्दिपुर सडक खण्डको मर्मत सुधार गरिदै । गाउँपालिकाले बन्दिपुर जाने सडक साँघुरो भएको भन्दै स्तरोन्नति गरी सडक चौडा बनाउँदै लगेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ जेष्ठ २०७८, बिहीबार ११:५९बाख्राको खोर निर्माण
तनहुँको बन्दिपुर गाउँपालिका-५ का एक कृषकले निर्माण गर्दै गरेको आधुनिक बाख्राको खोर अनुगमन गर्दै । गाउँपालिकाले यस वडामा बाख्रा पालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत खोर निर्माण तथा सुधार कार्यक्रम सञ्चालन गरेको छ। तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ जेष्ठ २०७८, बिहीबार ११:५६कृषकको गोठमा पशु प्राविधिकहरु
व्यास नगरपालिका-१० मंगलीगैरा स्थित अनन्त पोल्ट्री एण्ड मल्टी एग्रिकल्चरमा पुगेका पशु स्वास्थ्य सेवा प्राविधिकहरु । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको स्थापना दिवसको अबसरमा संघ तनहुँले बुधबार व्यवसायिक पशु पन्छी फार्महरूमा निःशुल्क प्राविधिक सेवा एवं औषधि बितरण गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ जेष्ठ २०७८, बुधबार १२:१६कोरोना कहरको चपेटामा बन्दिपुर
पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दिपुर । पहिलो लहरको कोरोना कहरबाट विस्तारै लयमा फर्कदै गरेको बन्दिपुरको पर्यटन व्यवसाय नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण सुनसान बनेको छ । सोमबार १२० जनाको एन्टिजेन…
पुरा पढ्नुहोस -
२६ जेष्ठ २०७८, बुधबार ११:४७भीर मौरीको मह काढ्न जाँदै युवा
म्याग्दीको रघुगंगा गाउँपालिका-८ पात्लेखर्कका युवा भीरमा मह काढ्न डोरीलगायतका सामाग्री लिएर जाने क्रममा नरपट्टा खोलाको साँघु जोखिम मोलेर तर्दै । वर्षको दुइ पटक यहाँ भीर मौरीको मह काट्ने गरिन्छ । तस्विर : कमल खत्री/रासस
पुरा पढ्नुहोस -
२६ जेष्ठ २०७८, बुधबार ११:४४विपन्न समुदायको सारथी व्यास नगर जेसीज
तनहुँको व्यास नगरपालिका-९ गजौंडेकी विपन्न समुदायएकी एक महिलालाई उद्धार गरी दमौली अस्पतालमा ल्याइदै । निषेधाज्ञाका काराण समस्यामा परेका विपन्न समुदायलाई व्यास नगर जेसीजले निःशुल्क सवारी साधान उपलब्ध गरी उद्धार तथा उपचार सेवा प्रवाह गर्दै आएको छ । नीजि र रिजर्भ सवारी साधान प्रयोग गर्न नसक्नेका…
पुरा पढ्नुहोस -
२५ जेष्ठ २०७८, मंगलवार ११:०४चैते धानको गोडमेल
तनहुँको व्यास नगरपालिका-११ बेलटारीका कृषकहरु चैते धान गोडमेल गर्दै । सिंचाइ सुविधा भएका खेत तथा फाँटमा चैते धान खेती गर्ने कृषकलाई यतिबेला गोडमेल तथा मल हाल्ने चटारो छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ जेष्ठ २०७८, मंगलवार १०:३९विपन्न समुदायलाई हिमानी ट्रष्टको खाद्यान्न
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण खाद्यान्न अभाव झेलिरहेका समुदायलाई हिमानी ट्रष्ट तनहुँले व्यास र आँबुखैरेनीमा उपलब्ध गराएको खाद्यान्न । ट्रष्टले व्यास-४ मा ११, व्यास-१२ मा १० र आँबुखैरेनीमा १० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ जेष्ठ २०७८, मंगलवार १०:३६निर्माणाधीन खानी पानी ट्याङ्की
तनहुँको भिमाद नगरपालिका-८ अरौदीस्थित पोख्रेलडाडामा खानेपानी ट्याङ्की निर्माणका लागि आवश्यक तयारी गरिदै। तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस