फाेटाे फिचर
-
१९ बैशाख २०७८, आईतवार ११:१०कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री सहयोग
तनहुँको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाबाट कृषकलाई आधुनिक कृषि सामग्री हस्तान्तरण । गाउँपालिकाले कृषकलाई सीपसँगै कृषि व्यवसायलाई आधुनिक र प्रविधियुक्त बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री समेत वितरण गर्न थालेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ बैशाख २०७८, शुक्रबार ११:०६मोबाईल मर्मतको तालिममा सहभागि
तनहुँको बन्दिपुर गाउँपालिकाले सञ्चालन गरेको युवा लक्षित दुइ महिने मोबाइल मर्मत तालिम शुभारम्भ समारोहमा सहभागि भएका युवाहरु । घरेलु विकास कार्यालय दमौलीको सहयोगमा बन्दिपुर गाउँपालिका भित्रका युवाहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिमको विहीबार गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले शुभारम्भ गरेकी छने । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ बैशाख २०७८, बिहीबार ११:२४पहाडको तरेली
समुन्द्रि सतहबाट करिब १२४० मिटर उचाइमा रहेको ऐतिहासिक स्थल तनहुँसुरको गढीबाट देखिएको प्राकृतिक छटाले भरिपूर्ण पहाडका तरेली । ऐतिहासिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न व्यास नगरपालिकाले तनहुँसुरलाई ‘तनहुँसुर इको ट्रेक’बाट जोड्दै प्रचार प्रसार प्रवर्द्धनको काम अगाडि बढाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ बैशाख २०७८, बिहीबार ११:१६प्रशासनको अनुगमन
तनहुँको व्यास नगरपालिका-३ स्थित नवीन उपभोक्ता सहकारी संस्थाको बुधबार अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत वराल लगायत सरोकारवालाको टोली । मिति गुज्रिएका किटनाशक औषधि र अन्य सामग्री महंगो मूल्यमा बिक्री गरेको अख्तियारमा उजुरी परेपछि प्रशासनले अनुगमन गरिएको हो । तस्विर…
पुरा पढ्नुहोस -
१५ बैशाख २०७८, बुधबार ११:३८कोरोना विरुद्ध सचेतना
कोभिड-१९ संक्रमण जोखिम बढ्दै गएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले मंगलबार सञ्चालन गरेको ‘मास्क खै’ अभियानमा सहभागी कर्मचारी । तनहुँमा कोरोनाबाट बच्न मास्क लगाउन आग्रह गर्दै सचेतनामूलक कार्यक्रम गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ बैशाख २०७८, मंगलवार ११:५१तपाईंको मास्क खै ? अभियान
कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम बढ्दै गएपछि स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबारदेखि दमौलीमा सञ्चालन गरिएको ‘तपाईंको मास्क खै ? अभियान’मा व्यानर र प्लेकार्ड सहित सहभागिहरु । कोभिड संक्रमण जोखिमबाट सुरक्षित रहनका लागि सबैलाई माक्स अनिवार्य प्रयोग गर्न सचेत गराउन यो अभियान…
पुरा पढ्नुहोस -
१४ बैशाख २०७८, मंगलवार ११:३८खानेपानी पाइप बिछयाउँदै उपभोक्ता
तनहुँको बन्दिपुर गाउँपालिका-६ साराङघाटमा खानेपानी योजनाका लागि पाइप बिछयाउन श्रमदान गर्दै उपभोक्ताहरु । गाउँघरमा हुने विकास निर्माणका काममा उपभोक्ताको लागत सहभागिता समेत जुटाउने गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ बैशाख २०७८, मंगलवार ११:३६कृषकलाई बाख्राको खोर निर्माण तालिम
व्यवसायिक बाख्रा पालक कृषकहरुलाई लक्षित गरी तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ले सञ्चालन गरेको आधुनिक बाख्राको खोर निर्माण तालिममा सहभागी कृषकहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ बैशाख २०७८, सोमबार ११:०३महायज्ञका लागि तोरन बुन्दै महिला
लमजुङ बेसीशहर नगरपालिका-७ मा मानवसेवा आश्रमद्वारा यही वैशाख १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ २०७८ का लागि तोरन बुन्दै यहाँका महिला । आश्रमको आफ्नै भवन निर्माणका लागि आर्थिक संकलन गर्ने लक्ष्यका साथ यस महायज्ञ आयोजना सञ्चालन हुन लागेको छ । महायज्ञबाट…
पुरा पढ्नुहोस