फाेटाे फिचर
-
७ माघ २०७७, बुधबार ११:४५अव्यवस्थित बनेको डुम्रे बजार
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजार स्थित चन्द्रावतीचोकमा देखिएको ट्राफिक चाप । लमजुङ, गोरखा तथा तनहुँको भानु नगरपालिका लगायतका ग्रामीण क्षेत्रमा यही चोक भएर सवारीसाधान छुट्नका साथै आवतजावत गरेपनि ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र स्थानीय बजार बासीले चासो नदिदा डुम्रेबजार क्षेत्र अव्यवस्थित र असुरक्षित…
पुरा पढ्नुहोस -
५ माघ २०७७, सोमबार ११:५९सुन्तलाको व्यापार
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा सुन्तला बिक्रीका लागि मिलाउँदै एक व्यापारी । स्याङ्जामा उत्पादित सुन्तला डुम्रे बजारमा प्रतिकिलो १०० देखि १८० रुपैयाँसम्म बिक्री वितरण हुने गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ माघ २०७७, सोमबार ११:५३विद्यार्थीलाई स्वीटर
तनहुँको व्यास नगरपालिका-६ को श्याम्घा स्थित माहेन्द्री आधारभूत निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क स्वीटर वितरण पश्चात सामुहिक तस्विरमा । माधव-अम्बिका कल्याणकारी कोष व्यास-६, श्याम्घाले विद्यालयका ७६ जना विद्यार्थीलाई स्वीटर वितरण गरेको बताइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ माघ २०७७, शनिबार ११:५६‘चुलबुले कान्छी …….’ कौडा/चुट्का गीतको छायांकन (फोटोफिचर सहित)
तनहुँको कौडा र चुट्का गीत निकै चर्चित छन् । बालबालिका, युवयुवतीदेखि वृद्धवृद्धालाई समेत कौडा र चुट्का गीतले आकर्षित गर्ने मात्र होइन स्वतस्फूर्त रुपमा नचाउने समेत गर्दछ । पछिल्लो समय नयाँपुस्ता आयतित संस्कृति र प्रविधि तर्फ आकर्षित हुँदै जाँदा हाम्रा गाउँघरका परमपरागत लोकसंस्कृति लोप हुने खतरामा…
पुरा पढ्नुहोस -
२ माघ २०७७, शुक्रबार ११:४५वेणी संगममा स्नान गर्दै तीर्थालु
तनहुँको देवघाट गाउँपालिका स्थित देवघाटधामको वेणी संगममा माघे संक्रान्तिको दिन बिहान मकर स्नान गर्दै तीर्थालु । तनहुँ, चितवन र नवलपरासी सिमानामा पर्ने देवघाटधाममा मेला भर्न स्वदेश तथा विदेशदेखि भक्तजन आउने गरेपनि यस वर्ष कोरोना कहरका कारण तीर्थालुको सहभागिता घटेको बताइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ माघ २०७७, शुक्रबार ११:३६थारु समुदायका दिदीबहिनीहरु
थारु माघी माघ महोत्सव मूल आयोजक कमिटिद्वारा काठमाडौंको अनामनगरमा आयोजित माघी तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन आएका थारु दिदीवैनीहरु । तस्बिर : प्रदीपराज वन्त/रासस
पुरा पढ्नुहोस -
२ माघ २०७७, शुक्रबार ११:३४संस्कृति संरक्षण अभियान
माघे संक्रान्ति तथा कन्दमूल पर्व र व्यासस्मृति दिवसका अवसरमा तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा मगर समुदायको संस्कृति झल्कने भेषभूषमा सजिएर कौरा नृत्य प्रस्तुत गर्दै दमौली स्थित निर्मल माध्यमिक विद्यालयका छात्राहरु । व्यास साकाहारी समाज नेपाल तनहुँ, व्यास क्षेत्र विकास कोष तनहुँ, व्यास ज्योति साधक परिवार…
पुरा पढ्नुहोस -
१ माघ २०७७, बिहीबार १२:४०माघेसंक्रान्ति पर्वलाई तरुल र सखरखण्ड
तनहुँको दमौलीमा माघेसंक्रान्ति पर्वलाई तरुल र सखरखण्ड खिरद बिक्री वितरण गरिदै। ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्म सिन्धु’ नामक ग्रन्थमा यस यस वर्पका दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने…
पुरा पढ्नुहोस -
१ माघ २०७७, बिहीबार १२:२६भानु मावि बन्दिपुरका विद्यार्थीको स्वागत नृत्य
तनहुँको बन्दिपुर गाउँपालिका-२ को भानु माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको ७०औं वाषिर्कोत्सव तथा अभिभावक समारोहमा सहभागि अतिथिहरुलाई परम्परागत पहिरनमा सजिएर साँस्कृतिक नृत्यमार्फ स्वागत गर्दै विद्यार्थीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस