‘चुलबुले कान्छी …….’ कौडा/चुट्का गीतको छायांकन (फोटोफिचर सहित)
भञ्ज्याङ न्यूज

तनहुँको कौडा र चुट्का गीत निकै चर्चित छन् । बालबालिका, युवयुवतीदेखि वृद्धवृद्धालाई समेत कौडा र चुट्का गीतले आकर्षित गर्ने मात्र होइन स्वतस्फूर्त रुपमा नचाउने समेत गर्दछ ।

पछिल्लो समय नयाँपुस्ता आयतित संस्कृति र प्रविधि तर्फ आकर्षित हुँदै जाँदा हाम्रा गाउँघरका परमपरागत लोकसंस्कृति लोप हुने खतरामा परेका छन् । विशेष गरी गुरुङ, मगर, दरै लगायतका समुदायको परम्परागत संसकृति भएपनि कौरा र चुट्का गीत प्रति अन्य समुदाय पनि आकर्षित हुन गर्दछन् ।

कौरा/चुट्का संरक्षणका लागि अभियानकै रुपमा लागि परेका तनहुँको भिमाद नगरपालिका-५ ऋषिङ पटनका रेशम गुरुङ लागि परेका छन् । रेशमको लय र शब्दमा रहेको कौडा/चुट्का गीत ‘चुलबुले कान्छी …..’ बोल्को गीत ऋषिङको अर्चले गाउँमा छायाङ्कन गरिएको छ ।

दिपक लामाको प्रस्तुतिमा मिन गुरूङको नयाँ कौडा/चुट्का गीत छायाङ्कन गरिएको हो ।

गीतमा स्वर मिन गुरूङ, बिना भट्टराइ, तेजेन्द्र दुरा, बबिता गुरूङको छ भने गीतको एरेन्जरमा दुर्गा गुरुङ, मोडलमा दिपक लामा उर्मिला गुरूङ छन् ।

गीतको छायांकन भेष गुरूङ, मेकअप राजकुमार गुरूङ, मिक्सिङ मान बहादुर वराल मगर (लेकाली स्टूडियो) छ भने पर्सन गुरुङले निर्देशन गरेका छन् ।

त्यस्तै, गीतको भिडियो छायाकंनका लागि आएको टोलीलाई स्थानीय रिसिङ अर्चलेबासिन्दाले स्वागत गरेका थिए ।











