अर्थ
-
तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन
डुम्रे : चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका…
पुरा पढ्नुहोस -
प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन
प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (MSME) र उपभोक्ता वर्गलाई लक्षित गरी SME & Consumer Banking HUB Gandaki को स्थापना गरेको छ । यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत श्री राजु रानाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाको एक सय तीस मेट्रिक टन क्षमताको ‘शीतभण्डार’ सञ्चालन
व्यास नगरपालिका–११ गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको शीतभण्डार शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । व्यासनगर प्रमुख बैकुण्ठ न्यौपानेले आलु भण्डारण गरेर सो शीतभण्डार उद्घाटन गर्नुभयो । एक सय तीस मेट्रिक टन क्षमताको भण्डार गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको हो । शीतभण्डार निर्माणका…
पुरा पढ्नुहोस -
होटल व्यवसायी संघ तनहुँले नयाँ वर्षमा सांगितिक साँझ गर्ने
दमौली : नयाँ वर्ष वि.सं. २०८२ का अवसरमा होटल व्यवसायी संघ तनहुँले सांगितिक साँझ गर्ने भएको छ । संघले नेपाली नयाँ वर्षको अवसर पारी चैत ३१ गते सांगितिक साँझ आयोजना गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी संघले कार्यक्रम बारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष…
पुरा पढ्नुहोस -
सडक स्तरोन्नतिपछि बन्दीपुर गाउँपालिका–५ स्थित थुम्काका स्थानीय उत्साहित
बन्दीपुर : तनहँको बन्दीपुर गाउँपालिका–५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन् । बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ (होमस्टे) पुग्ने यस खण्डमा नालीसहित स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नतिसँगै विगतमा हिलो र धुलोका कारण…
पुरा पढ्नुहोस -
‘एक स्थानीय तह-एक औद्योगिक ग्राम’ : आँवुखैरेनीको औद्योगिक ग्राममा बाँस तथा फलामजन्य सामग्री उत्पादन सुरु
तनहुँ : सरकारले ६ वर्षयता देशका १२० पालिकामा औद्योगिक ग्राम निर्माण घोषणा गरे पनि हालसम्म चारवटा मात्रै सञ्चालनमा आएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र अछामको मेल्लेख गाउँपालिकामा मात्रै औद्योगिक ग्राम सञ्चालनमा आएको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि ‘एक स्थानीय तह :…
पुरा पढ्नुहोस -
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि आँवुखैरेनी गाउँपालिकाले “एक वडा, एक पर्यटकीय गाउँ” बनाउने
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरु गरेको छ । पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्देश्यसहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पर्यटकीय गाउँ बनाएर पर्यटक भित्र्याउँदै स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्य लिइएको बताए । पहिलो चरणमा गाउँपालिकाले…
पुरा पढ्नुहोस -
व्यासको गौरवको आयोजना : पराशर मार्गको कामले गति लिन सकेन
दमौली : तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनाको पराशर मार्गको कामले गति लिन सकेको छैन । विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गको स्तरोन्नतिको काम सुस्त गतिमा भएको छ । समय सकिन साढे तीन महिना बाँकी रहुँदा भौतिक प्रगति १४ प्रतिशत मात्रै छ । गत जेठ महिनादेखि…
पुरा पढ्नुहोस -
घरेलु मदिरा वैध गर्नेबारे गण्डकी प्रदेशसभामा छलफल
गण्डकी : लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलका क्रममा छ । सोमबारको प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफल भएको उक्त विधेयकमा प्रदेशसभा सदस्यहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन् । विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइने उद्योग तथा पर्यटनमन्त्री…
पुरा पढ्नुहोस -
तनहुँका कृषकहरु चैते धान रोपाईमा व्यस्त
तनहुँ : तनहुँको व्यास नगरपालिका–७ सत्रसय फाँटका कृषक मुक्तिकुमार गोशली यतिबेला चैते धान रोप्नमै व्यस्त छन् । ३ रोपनी खेतमा चैते धान रोप्नका लागि उनले गाउँकै ६ जना कृषकलाई मेलोमा बोलाएका छन् । बिहानदेखि बेलुकासम्म खेतमै धान रोप्दै समय बित्ने उनले बताए । ‘कतै गोरु र कतै ट्र्याक्टर लगाएर धान…
पुरा पढ्नुहोस