स्वास्थ्य/जीवनशैली
-
आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण, सिसाघाटबाट तीन जिल्लाका नागरिकले सेवा लिदै
तनहुँ : तनहुँको दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दै गएको छ । उपचार विधि प्रभावकारी भएकाले यसतर्फ बिरामीको आकर्षण बढेको हो । एलोप्याथिक औषधि गर्दा पनि रोग निको नभएर सास्ती खेपेका अधिकांश बिरामी यहाँ आउने गरेको चिकित्सालयले जनाएको छ । तनहुँसहित छिमेकी जिल्ला कास्कीको रुपाकोट, लमजुङको मध्यनेपाल लगायत स्थानबाट…
पुरा पढ्नुहोस -
ऋषिङमा वृहत् निःशुल्क स्वास्थ्य शिविर, १ हजार ५०४ जनाले लिए सेवा
ऋषिङ : तनहुँको ऋषिङ्ग गाउँपालिकाले गाउँवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फागुन ५ गतेदेखि ८ गतेसम्म वडा नं. ४ भीरकोट स्थित भीरकोट स्वास्थ्य चौकीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वि.पी. नेत्र प्रतिष्ठान, लोकन्थली भक्तपुरको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा स्थानीयले सेवा लिएका छन् । प्रतिष्ठानकी वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.…
पुरा पढ्नुहोस -
आयुर्वेद औषधालय भवन उद्घाटन
तनहुँको व्यास नगरपालिका–६ स्थित शिशाघाटमा नवनिर्मित शिशाघाट आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले मंगलबार एक कार्यक्रमका बीच औषधालय भवनको उद्घाटन गरेका हुन् । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीबाट १ करोड ४१ लाख ३८ हजार ९८ रुपैयाँको लागतमा कम्पाउण्ड वाल सहितको शिशाघाट…
पुरा पढ्नुहोस -
पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाए
काठमाडौं । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन् । अभियान सुरु भएको ९औँ दिनसम्म ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीले खोप लगाएका छन्। बागमती प्रदेशमा…
पुरा पढ्नुहोस -
बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै
काठमाडौँ : परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति अवलम्बन गर्न थालेको छ । यसबाट परिवार व्यवस्थापन सेवा प्रभावकारी…
पुरा पढ्नुहोस -
ऋषिङका किशोरीहरुलाई एचपिभी खोप
तनहुँको ऋषिङ गाउँपालिका–२ ग्वास्लुङस्थित राधा आधारभूत विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आइतबार पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ लगाउँदै स्वास्थ्यकर्मी । तनहुँमा दोश्रो चरण अन्तर्गत माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाका ४१ वडाहरुमा विद्यालय जाने र नजाने १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई निःशुल्क खोप…
पुरा पढ्नुहोस -
यसकारण अनिवार्य हुन आवश्यक छ माध्यमिक तहमा स्वास्थ्य विषय
काठमाडौँ : सरकारले माध्यामिक तह (कक्षा ९–१०) मा स्वास्थ्य विषयलाई पुनः अनिवार्य बनाउन गृहकार्य अगाडि बढाएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप विसं २०७६ कार्यान्वयनमा आएसँगै विसं २०८० देखि कक्षा ९ र १० को पाठ्यक्रमबाट ‘अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा’ हटाइएको थियो । ऐच्छिक भएसँगै यो विषय अधिकांश…
पुरा पढ्नुहोस -
हामीले त एचपिभी खोप लगायौ
तनहुँको व्यास नगरपालिका–११ फराकचौरस्थित वाराही माध्यमिक विद्यालयका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ लगाएपछि सामुहिक तस्विर खिचाइदै । तनहुँमा पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँवुखैरेनी गाउँपालिकाका विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप लगाइदै छ । फेबु्रअरी ४…
पुरा पढ्नुहोस -
तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच स्वास्थ्य सम्झौता
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरिएको छ। स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य अनुरुप गाउँपालिकाले चितवन मेडिकल कलेजसँग स्वास्थ्य सम्झौता गरेको हो । सम्झौता अनुसार आँबुखैरेनी गाउँपालिकाका नागरिकले चितवन मेडिकल कलेजबाट उपलब्ध हुने उपचार सेवामा २० प्रतिशत छुट पाउने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र…
पुरा पढ्नुहोस -
विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
काठमाडौँ : क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न…
पुरा पढ्नुहोस